Headline Title onlyग्लोबल

कोभिड १९: भारतमा एकैदिन ४० जनाको मृत्यु, संक्रमितको संख्या ७ हजार भन्दा बढि

भारतमा एकै दिन (पछिल्लो २४ घन्टामा) कोरोना भाइरसबाट ४० जना मृत्यु भएको छ।

भारतका विभिन्न राज्यमा अहिलेसम्म २३९ जनाको मृत्यु भएको छ। बिबिसी हिन्दीका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४७ पुगेको छ। तीमध्ये ६ हजार ५ सय ६५ जना अहिले पनि अस्पतालमै छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी लक डाउन थप्ने विषयमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग शनिबार भिडिओ कन्फरेन्स गरेका छन्।

उक्त कन्फरेन्सका क्रममा मुख्यमन्त्रीहरूले लक डाउन थप्नुको विकल्प नरहेको बताएका थिए।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त प्रधानमन्त्री मोदीले लक डाउन थप्ने निर्णय गरेको बताएका छन्।

यो पनि हेर्नुस: 

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close