Headline Title onlyसमाचारहाम्रो देश

पूर्वरानी कोमल आइसियूमा

कोरोनाभाइरस संक्रमण देखिएपछि राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको अवस्था केहि बिग्रिएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि उनलाई अस्पतालको आइसियूमा सारिएको छ ।

पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ ।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

वैशाख ७ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका थिए ।

सम्बन्धित खबर

Close