Headline Title onlyसमाचारहाम्रो देश

नेपालमा ७ वर्षीय बालकसहित थप ९ जनामा देखियो कोरोना

नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।

संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना छन्। पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ र १० वर्षका बालक छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।

शुक्रबार बिहान मात्रै ९ जना संक्रमित थपिएका थिए। योसँगै एकैदिन १८ जना संक्रमित भेटिएका हुन्। जसमा बाँकेका ८ र मकवानपुरका एकजना हुन्।

सम्बन्धित खबर

Close