Headline Title onlyसमाचारहाम्रो देश

सुत्केरीको कोभिड-१९ का कारण मृत्यु भए नभएको बारे अध्ययन भइरहेको छ : स्वास्थ्य मन्त्रालय

सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का कारण भए नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गर्ने भएको छ ।

अस्पतालमा उपचारका क्रममा २९ वर्षीया सुत्करीको बिहीबार निधन भएको थियो ।

२३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो ।

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close