समाचारहाम्रो देश

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ७७२

नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

करिब एक हप्तामा कोरोना संक्रमितको संख्या झन्डै दोब्बरले बढेको हो। गत मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ सय ९० रहेकोमा आज त्यो संख्या ७ सय ७२ पुगेको छ।

हिजो मात्रै ७८ जना संक्रमित थपिएका थिए।

नेपालमा पहिलोपटक गत माघ ९ गते एकजना युवकमा संक्रमण पुष्टि भएको थियो। चीनबाट आएका ती युवकको स्वाब परीक्षण गर्न हङकङ पठाइएको थियो।

त्यसपछि गत चैत १० गते फ्रान्सबाट आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा संक्रमण देखियो। यो नेपालमा दुई महिनापछि देखिएको दोस्रो केस हो। त्यसपछि खाडी मुलुक र युवतीसँगै जहाजमा आएका केहीलाई संक्रमण देखियो।

पछिल्लो समय भने भारतबाट आएकाहरूमा संक्रमण बढी देखिएको छ। अहिले पनि अधिकांश संक्रमितहरू भारतबाट आएको पाइएको छ।
भारतसँग सीमा जोडिएका जिल्लाहरूमा संक्रमित संख्या बढी छ।

बाँकेको नरैनापुर गाउँपालिकामा मात्र १ सय १४ जनामा संक्रमण देखिएको थियो। जसमा एकजनाको मृत्यु भएको थियो।

नेपालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ। जसमा सिन्धुपाल्चोक, बारा, गुल्मी र बाँकेका एक– एक जना छन्। संक्रमणबाट निको हुनेको संख्या १ सय ५५ छ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close