Headline Title onlyसमाचारहाम्रो देश

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण

नेपालमा आज एकैदिन थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

संक्रमित कपिलवस्तु, रूपन्देही, पर्सा र बारा जिल्लाका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जनामा संक्रमण देखिएको हो। संक्रमित सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्। तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्।

उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उपचार गरिरहेका छन्।

यसअघि सोमबारमात्र २४ जना कोरोना संक्रमित थपिएका थिए। पछिल्ला तीन दिन लगातार कोरोनाभाइरसका संक्रमित थपिरहेका छन्।

सम्बन्धित खबर

Close