Headlines with imageसमाचारहाम्रो देश

नेपाल लकडाउन वैशाख १५ सम्म हुने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले नेपाल लकडाउन वैशाख १५ गतेसम्म लम्बिने निर्णय गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।

लक डाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए।

अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close