Headline Title onlyन्युज पोखरापोखरासमाचारहाम्रो देश

लकडाउन खुलेकै दिन स्याङ्जा प्रहरी कार्यालय सिल, इमेल मार्फत जाहेरी दिन आग्रह

जक्सन न्युज

सरकारले लकडाउन खुलाएकै दिन बुधबार जिल्ला प्रहरी कार्यालय स्याङ्जा सिल भएको छ । जिल्ला कार्यालयमा कार्यरत ३ जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएपछि बुधबारदेखि कार्यालय सिल गरेको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।
जिल्ला कार्यलयमा कार्यरत ३ जना क्वारेन्टिन लगायत संक्रामक ठाउँमा समेत ड्युटीमा खटिएका थिए । उनीहरुमा रुघा, खोकी लगायत समस्या देखिएपछि एक सता अघिदेखि नै सुरक्षित रुपमा छुट्टै ठाउँमा राखिएको थियो । कोरोना भाइरसको आशंकामा गत ४ गते उनीहरुको स्वाब निकालेर कोरोना परिक्षण गर्न पोखरा पठाइएको थियो ।

कोरोना परिक्षण गर्दा तीन जनाकै रिपोर्ट कोरोना पोजेटिभ देखिएपछि प्रहरी कार्यालय नै सिल गर्नुपरेको डिएसपी अधिकारीले बताए । उनीहरुलाई मंगलबार साँझ रिपोर्ट आउने वित्तिकै करेण्डाडा स्थित स्वास्थ्य चौकीको आइसोलेसनमा लगेर राखिएको छ । जिल्ला प्रहरी कार्यालय सिल गरेर कार्यरत अन्य प्रहरी कर्मचारीको पनि कोरोना परिक्षणको तयारी भइरहेको डिएसपी अधिकारीले बताए । उनका अनुसार बुधबार मा ३० जनाको कोरोनो परिक्षण गर्न स्वाब संकलन भइसकेको छ भने अन्य प्रहरी कर्मचारीको पनि परिक्षण गरिनेछ ।
हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ५० जना भन्दा बढी प्रहरी कर्मचारी कार्यरत छन् ।

कार्यालय सिल भएपछि सर्वसाधारणलाई उजुरी, समस्या तथा गुनासो इमेल मार्फत गर्न आग्रह गरेको छ । कार्यालयमा सर्वसाधारणलाई प्रवेश गर्न पूर्ण रुपमा रोक लगाएको भन्दै डिएसपी अधिकारीले सेवाग्राहीलाई निवेदन तथा जाहेरी इमेल मार्फत पठाउन आग्रह गरेको बताए ।

सम्बन्धित खबर

Close