न्युज पोखरापोखराफोटो फिचरहाम्रो देश

रक्षाबन्धनमा दाजुभाईलाई राखि किन्दै दिदीबहिनी (फोटो फिचर)

कोरोना भाइरसको त्रास अझै सकिएको छैन । दिनहुँ सक्रमित बढिरहेका छन् । लकडाउनमै नेपालीले आफ्नो मुख्य खाद्यान्न धान रोपेर सकेका छन् । अब चाडपर्वको याम शुरु भएको छ । रोपाई सकिएपछिको पहिलो चाड जनैपूर्णिमा आएको छ ।

जनैपुर्णिमामा सामान्यतया जनै फेरिन्छ । हातमा पण्डित मार्फत रक्षाबन्धन लगाइन्छ । तर पछिल्लो समय दिदीबहिनीले दाजुभाईको स्वास्थ्य र दिर्घायुको कामना गर्दै हातमा राखी लगाइदिने चलन बढेको छ । बजारमा राखीको व्यापार पनि मौलाएको छ ।

दिदीबहिनीले दाजुभाईका लागि राम्रा–राम्रा राखी र उपहार एक दिनअघि नै किन्ने गर्छन् । यसै क्रममा आइतबार पोखराका सडकमा राखी किन्ने र बेच्नेको भिड लाग्यो । राखी बेच्न सडकमा बालबालिकादेखि वृद्धसम्म बसेका थिए भने किन्नेहरु पनि सडकमै गएर राखी किने ।

पोखराको सिद्धार्थचोकमा राखी बेच्न बसेकी बालिका खुशीकुमारी दासले दिनभरमा एक हजार रुपैया बढीको राखी बेचेको बताइन् । ग्राहकलाई राखी बेच्न हतारिएकी खुशीले राखी बेचेको पैसा घर लगेर दिने बताइन् । सडकमा खुशी जस्तै अन्य बालबालिका पनि राखी बेच्न बसेका थिए ।

जनैपूर्णिमामा नेपालीले रक्षाबन्धन बाँध्ने चलन थियो । रक्षाबन्धन राखी जस्तो बजारमा खरिद गर्न पाइदैन । रक्षाबन्धन पण्डित र मान्यजनले हातमा बाँधिदिन्थे । आशिर्वाद दिन्थे ।

राखी बाध्ने चलन भने भारतमा थियो । भारतबाट विस्तारै नेपालको मधेश र पहाडमा पनि उक्लियो । अहिलेका युवा पुस्ताले रक्षा बन्धनसँगै राखी पनि बाँध्न थालेका छन् ।

तस्वीरहरु– सचिन मल्ल

सम्बन्धित खबर

Close