
हिउँदमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीको टोलीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ । पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरेलीले भव्य स्वागत र सम्मान गरेका हुन।
आरोहीको टोलीलाई पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गरेर पृथ्वीचोक, नयाँबजार, न्युरोड र सृजनाचोक हल्लनचोक परिक्रमा गरेर स्थानीय रिसोर्टमा सम्मान गरिएको थियो।
पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए । उक्त हिमालमा यसअघि हिउँदको समयमा कोही आरोही पुग्न सकेको थिएनन् ।
निर्मल पुर्जा संयोजक रहेको आरोहरण दलमा नेपाली मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा थिए । सेभेन समिट आरोहणबाट सोना शेर्पाले सफल आरोहरण गर्न सफल भएका थिए । उक्त हिमालमा सन् १९८७/८८ को हिउँदमा पहिलो प्रयास गरिएपनि सफल आरोहण भने निर्मल पुर्जा नेतृत्वको टोलीले गरेको हो ।
फोटो : अरुण गिरी र सचिन मल्ल / जक्सन डट कम