राजनीतिहाम्रो देश

जहाँ सरकार कमजोर हुन्छ, त्यहाँ जनताले भात पकाएर सडकमा खुलाउनु पर्छ :अर्जुन खनाल (कास्की जिल्ला संयोजक, साझा पार्टी)

साझा पार्टीले काेराेनाकाे आवश्यक तयारी र राेकथाममा भैरहेकाे सरकारी प्रयास अति कमजाेर रहेकाे बताएकाे छ। साथै सरकार साह्रै निरीह र कमजाेर भैदिँदा जनताले दुख पाएकाे उसकाे तर्क छ।

कोरोनाको सन्त्राष फैलिरहेको अवस्थामा साझा पार्टीले पोखराका विभिन्न अस्पतालहरुको तयारीको विषयमा जानकारी लियाे। तर यदि साँच्चै महामारी फैलने हाे भने पोखराका अस्पतालहरु उपचार गर्नका लागि तयार नभएको निष्कर्श निकालेको छ । साझा पार्टीले यो अवस्थालाई निकै नाजुक बताएको छ ।

साझा पार्टी कास्की जिल्ला सँयोजक अर्जुन खनाल भन्छन्-, ‘हामी हरेक अस्पतालमा गयौँ । त्यहाँ कुनै पुर्वतयारी देखिएन । बरु संक्रमित आएको खण्डमा भाग्नुको विकल्प छैन । हामीसँग न मास्क छ, न कुनै उपकरण छन् भनेर उल्टै चिकित्सकहरु त्रसित भएको पायौँ ।’

खनालले संक्रमित आशंका गरिएका विरामीहरुलाई खुलमखुल्ला अन्य विरामीहरुसँगै राखेर उपचार गरिएको आफूले देखेको दाबी गरे । ‘अस्पतालमा उपचार गर्न जाने की संक्रमण फैलाउन जाने ? यो त झन् खतरा पो भयो ।’ खनालले भने–‘यो विषयमा सरकार र सम्बन्धित निकायहरुले बेवास्ता गरेको देखियो ।’

भिडियो हेर्नुस :

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close