Headline Title onlyराजनीतिहाम्रो देश

प्रचण्डको अभिव्यक्तीमा कमल थापाको खेद : १७ हजारको शवमा टेकेर आत्मसमर्पणवादको अपराधवोध

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनका लागि शनिबार बसेको संसद बैठकमा नेकपा अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ती प्रति खेद प्रकट गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै राप्रपा अध्यक्ष थापाले प्रचण्डको भनाईमा खेद व्यक्त गरेका हुन् ।

‘प्रचण्डले संसदमा बोल्दै राजतन्त्रले गुमाएको भुमि गणतन्त्रले फिर्ता ल्यायो’ भनेका थिए । उक्त भनाई भ्रामक र पुर्वाग्राही भएको थापाले बताएका छन् । ‘प्रचण्डको भ्रामक र पुर्वाग्राही भनार्य विकृत र असन्तुलित मानसकिता हो, थापाले भनेका छन्, १७ हजारको शवमा टेकेर बिदेशीको स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो ।’

उनले नेपालको एकिकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भुमिका ऐतिहाँसिक सत्य भएको दाबी गरेका छन् ।
थापाले अध्यक्ष प्रचण्डको सोच विखण्डनकारी भएको ओरोप समेत लगाएका छन् । ‘सिङ्गो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भुमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युपादक हुनेछ,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रचण्ड कसरी पटक पटक प्रधानमन्त्री भए भन्ने कुरा आफुलाई आश्चर्य लागेको थापाले बताएका छन् । ‘इतिहाँसको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ती कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो, उनले लेखेका छन्, आश्चर्य लाग्छ ।’

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close