
नयाँ वर्षको दिन बिहान ८ बजे राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन आग्रह गरेका छन्।
ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध प्रधानमन्त्री ओलीले मनपरेको भन्दै सबैलाई आ-आफ्नो घरको झ्याल ढोका वा कौसीबाट सोमबार बिहान आठ बजे राष्ट्रिय गान गाउन अनुरोध गरेका हुन्।
ग्लोबल कम्प्याक्टले अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन र गुन्जाउन अनुरोध गरेको हो।
“Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!”
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।” pic.twitter.com/vASxaoXtnB— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सबै यस कार्यक्रममा सामेल हुन आग्रह गरेका हुन्।
‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु,’उनले भने।
राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धता स्वरूप ताली बजाएर सम्मान गर्न समेत आग्रह गरेका छन्।