Headline Title onlyराजनीतिसमाचारहाम्रो देश

मध्यरातमा प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।

मुटुमा असहज महशुस गरेपछि बिहीबार मध्यराती उनलाई अस्पताल लगिएको हो।

उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको थियो।

फागुन २१ गते उनको दोश्रो पटक मिगौला प्रत्यारोपण गरिएको थियो।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरूण सायमीले जानकारी दिएका छन्।

‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ।मैले छोटो कुराकानी गरे।हामीले दिनभरि अबजर्भेसन गर्छौ।संभवत साझसम्म डिस्चार्ज हुनुहुन्छ होला’, उनले भने, ‘मुटुमा केहि असजिलो भएपछि राति साढे १२ बजे अस्पताल आउनुभएको हो।’

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close