Headline Title onlyन्युज पोखरापोखराराजनीतिहाम्रो देश

पोखरामा प्रचण्डको दाबी : माधव नेपाल राम्रो, सूर्य चिन्ह हाम्रो ! (भिडियो सहित)

विभाजित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिन्ह आफूहरुले नै पाउने दाबी गरेका छन् । नेकपा नाम र सूर्य चिन्ह आफूहरुले नै पाउने भएकाले कुनै दुविधामा नबस्न उनले आग्रह गरे ।

पोखरामा भएको गण्डकी प्रदेस्तरीय प्रदेश भेलालाई सम्बोधन गदै प्रचण्डले जुनसुकै आँधी, हुरीबतास आएपनि सूर्य चिन्ह आफूहरुले नै पाउने दाबी ठोकुवा गरे । ‘पार्टीको नाम र चुनाव चिन्ह के हुन्छ भन्ने केही साथीहरुलाई खुब चासो छ । सूर्य चिन्ह हाम्रै हुन्छ,’ कार्यक्रममा प्रचण्डले भने, ‘दुनियाँको कुनै पनि ताकतले हाम्रो सूर्य खोस्न सक्दैन । कुनै आँधी, हुरीबतासले पनि रोक्न सक्दैन ।’

अध्यक्ष प्रचण्डले पार्टी स्थायी कमिटीको ५० प्रतिशतभन्दा सदस्यहरु आफूसँग भएकाले आफूहरु नै वैधानिक हुने दाबी गरे । ‘पार्टीको ५० प्रतिशतभन्दा बढी सदस्यहरु हामीसँग हुनुहुन्छ । विधानअनुसार पनि ५० प्रतिशतभन्दा बढी स्थायी कमिति सदस्यहरु भएको पार्टी नै वैधानिक हुन्छ । हाम्रो पार्टी नै वैधानिक हुन्छ,’ उनको दाबी थियो ।                                                                                                         माधव जी कति इमान्दार मान्छे !

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले धेरै समय माधवकुमार नेपालको गुणगान गाउन गाए । माधव नेपालसँग आजको सम्बन्ध नभई पञ्चायत विरोधी आन्दोलनबाटै आफूहरु चिनिएको प्रचण्डको भनाइ थियो ।

‘माधव जी र म केपीसँग दुश्मनी मोल्नमात्रै एकता गरेका होइनौं । हाम्रो सम्बन्ध धेरै पहिलेदेखि छ,’ प्रचण्डले भने, ‘पञ्चायत विरोधी आन्दोलनदेखि लगातार छलफलमा भएका नेता हौं ।’ उनले आफू मसाल र माधव नेपाल मालेमा हुनेबेलाबाटै आफूहरुले वर्षौं मिटिङ गरेकोसमेत सुनाए ।

प्रचण्डले तत्कालीन माओवादी मुलधारको राजनीतिमा आउनुमा पनि माधव नेपालको ठूलो ‘इमान्दारिता’ भएको उल्लेख गरे । ‘जनयुद्ध सुरु भएको २ वर्षपछि नै राजनीतिक रुपमान्तरणमा कसरी अघि बढ्ने भनेर माधव जी र म निरन्तर छलफलमा थियौं । माधव जीले मेहेनत नगरेको भए आज यो अवस्थामा हुने थिएनौं,’ उनले भने, ‘जनयुद्धका बेला पनि माधव जी र म ५० औं पटक छलफल गरेका छौं ।’

प्रतिनिधि सभा विघटनपछि आफ्नो पक्षमा माधव नेपाल उभिँदा धेरैले आफूमाथि प्रहार गरेको सुनाए । ‘पार्टीमा माधव जीको राम्रो भएर नै म माधवजीसँग होइन, माधव मसँग आएको भनेरै उहाँभन्दा बढी मतिरै बढी प्रहार भइराख्या छ,’ प्रचण्डले भने, ‘माधव जी र मेरो मित्रता केपीसँग दुश्मनी मोल्न होइन । यो हाम्रो ओर्जिनल सहमति हो ।’

प्रचण्डले माधव नेपाल केपी शर्मा ओलीभन्दा इमान्दार र क्रान्तिकारी भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दार नभएको र छलछाम गर्ने नेता भएको आरोप लगाए ।

फोटो / भिडियो : अरुण गिरी, आशिक थापा र अन्जल गुरुङ / जक्सन डट कम

सम्बन्धित खबर

Close