Headline Title onlyन्युज पोखरापोखराराजनीतिहाम्रो देश

साझा युवा संगठन गण्डकीको संयोजकमा राजन पन्थी

साझा पार्टीको युवा संगठन साझा युवा संगठनको गण्डकी प्रदेशको संयोजकमा राजन पन्थी चयन भएका छन्। साझा युवा संगठनले संगठन विस्तारको क्रममा शनिबार भर्चुअल भेलामार्फत् राजन पन्थीको संयोजकत्वमा २९ सदस्यीय प्रदेश समिति घोषणा गरेको हो ।

पन्थीको संयोजकत्वमा बनेको प्रदेश समिति सदस्यहरुमा तनहुँकी हमिदा मियाँ, तनहुँका सन्देश अधिकारी, लमजुङकी एनिका सापकोटा, लमजुङका आशिष श्रेष्ठ, चक्र थापा, लमजुङकी यशोदा शर्मा , बाग्लुङका अमर रेग्मी, हरि चालिसे, स्याङ्जाका सुमन भट्टराई, युवराज ढकाल, पुर्ण वाग्ले, पर्वतका भिमलाल बस्याल, राजन भुषाल, कास्कीकी अनुपा वाग्ले, ममता सुवेदी, मनिषा मगर, कास्कीका प्रतीक सुनार, रोशन सुनार, अनिष बास्तोला, गोर्खाका सुरज भुजेल, उपेन्द्र लामिछाने, असन ढकाल, दिपेन्द्र लामिछाने, नारायण ढकाल, असिम पोख्रेल, नवलपुरका शरद अर्याल, नवलपुरकी प्रतीक्षा पौडेल र म्याग्दीका थम प्रसाद आचार्य रहेका छन् ।

घोषणा कार्यक्रमलाई साझा पार्टीले आफ्नै फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो ।

संगठनको गण्डकी प्रदेश संयोजकमा चयन भएपछि राजन पन्थीले साझा युवा संगठनलाई प्रदेशका हरेक स्थानीय तह र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको बताए ।

साझा युवा संगठनको गण्डकी प्रदेश संयोजक बनेका पन्थी मानव विज्ञानमा स्नातकोत्तर तह अध्यन गर्दैछन। विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय २७ वर्षे युवा पन्थीले एक फार्म हाउस संचालन गर्दै आईरहेका छन्। साथै उनी शैक्षिक परामर्शदाताको रुपमा पनि कार्यरत छन्।

वैकल्पिक र समावेशी युवा राजनीति नै अबको निकास हो र परिवर्तनको मूल आधार हो भन्ने हेतुले आफू राजनीतिमा प्रवेश गरेको बताउने पन्थीले क्षमता र योग्यता भएको व्यक्तिले नै अबको देशको मुहार फेर्न सक्ने भएकाले युवाले यसको नेतृत्व गर्नुपर्ने बताए ।

घोषणा कार्यक्रममा साझा पार्टी केन्द्रीय संयोजक रविन्द्र मिश्र, गण्डकी प्रदेश पार्टी संयोजक महेश भण्डारी, साझा पार्टी युवा संगठन केन्द्रीय संयोजक अबदुस मियाले शुभकामना व्यक्त गरे । संगठनले अन्य प्रदेशमा पनि छिट्टै संगठन विस्तार गर्ने जनाएको छ ।

सम्बन्धित खबर

Close