
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले मंगलबार तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सम्पादन समिति सदस्य तथा प्रमुख अतिथी जयलाल पुनले जनताले विकल्प खोजेको र राप्रपा कांग्रेस र कम्युनिष्टको विकल्प भएको बताए। नेपाललाई समृद्ध बनाउन अब राप्रपाको विकल्प नभएको उनले बताए।
त्यस्तै युवा संगठन केन्द्रिय सचिव तथा युवा संगठनका गण्डकी प्रदेश प्रमुख हिक्मतजंग कार्कीले राप्रपा युवाको पार्टी भएकाले युवाहरुलाई हौशला मिलेको र पार्टी प्रती आकर्षण बढेको बताए। ‘‘ हामी युवाहरु किन राप्रपामा छौं भन्ने कुरा बुझ्न जरुरी छ, हामीले कांग्रेस र कम्युनिष्टको विकल्पको पार्टी बनाउदै छौं, युवाको पार्टी बनाउदैं छौ त्यसैले हामी राप्रपामा छौं ” उनले भने।
कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङ, उपाध्यक्ष मनिष केसी, प्रदेश सदस्य किरण गुरुङ, नेता बिष्णु पोखरेल, संगठनका सल्लाहाकार दिनेश गुरुङ, युवा संगठनका गण्डकी प्रदेश सचिव शिशिर शर्मा लगायत पार्टीका नेता तथा कार्यकर्ताको बाक्लै उपस्थिती रहेको थियो।
युवा संगठन कास्की अध्यक्ष बिजय बहादुर भण्डारी अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई पूर्ण गुरुङले संचालन गरेका थिए।