Headlines with imageराजनीति

साझा पार्टीको केन्द्रीय समितिमा ३७ जना थप, गण्डकीबाट ८ जना

पोखरा । साझा पार्टीको केन्द्रीय समिति ६५ सदस्यीय बनेको छ । सात प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थप गर्दै केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाइएको पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी गराएका छन् ।

थपिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन् । साथै, प्रायः युवाहरुलाई समेटिएको छ । समय दिएर अग्रपंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला, विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरेको संयोजक मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

साझा पार्टीको केन्द्रीय समितिमा थपिएकाहरुमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदीप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी रहेका छन् । त्यस्तै, दीपक पौडेल, हरिप्रसाद गौतम, अर्जुनप्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशवबहादुर मल्ल, सुशीलराज देवकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ पनि साझा पार्टीको केन्द्रीय समितिमा थपिएका छन् । केन्द्रीय समितिमा थपिने अरु सदस्यमा लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्रा थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दीपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे रहेका छन् ।

गत फागुनमा लुम्बिनीमा भएको साझा पार्टीको राष्ट्रिय भेलाले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो । यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरि नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जाने मिश्रले बताए ।

गण्डकीबाट केन्द्रीय समितिमा ८ जना समेटिए

पार्टीमा केन्द्रिय समितिमा स्थान लिनेहरु आठ जना गण्डकी प्रदेशबाट छन् । जसमध्ये ३ जना युवा संगठनबाट केन्द्रिय समितिमा पुगेका छन् ।

१. अर्जुन प्रसाद खनाल

राजनीति शाष्त्रमा स्नातकोत्तर गरेका पर्यटन व्यवसायी अर्जुन प्रसाद खनाल साझा पार्टी कास्कीका संयोजक हुन् । कास्की जिल्लाको नेतृत्व सम्हाल्ने बित्तिक्कै गत कास्की क्षेत्र न २ को उपनिर्वाचनमा उनी निर्वाचन परिचालन समितीका संयोजक थिए । चुनावी अभियानमा उल्लेखनिय भूमिका खेलेका उनी पार्टीको विचार, एजेण्डा र समसामयिक विषयवस्तुमाथि आफ्नो धारणा प्रष्ट र प्रखर राख्नसक्ने क्षमता छ ।

२.अमृत पुडासैनी

गोरखा जन्मथलो र हाल काठमाडौँ कर्मथलो भएका अमृत पुडासैनी कानूनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर हुन् । गएको प्रतिनिधीसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार भएका उनी गण्डकी प्रदेश समिती सदस्य तथा प्रशिक्षण विभाग प्रमुख हुन् । राजनीतिक , इतिहासको र कानुनको ज्ञान भएका उनी पार्टीको विधि तथा नीति निर्माण साथै कानूनी मामिलामा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

३. हरि प्रसाद गौतम

साझा पार्टीको स्थापनाकालिन सदस्य हरि प्रसाद गौतम हाल नवलपुरका संयोजक हुन् । उनी गत प्रतिनिधीसभा निर्वाचनमा नवलपुरबाट उम्मेदवार हुन् । ‘सामाजिक शिक्षा नेपाली भाषामा’ जस्तो अभियानलाई नवलपुरमा सफल बनाएका उनी पार्टीपंक्तिमा स्पष्टवक्ताको रुपमा परिचित छन् ।

४.दीपक पौडेल

कास्की स्थित पोखरा घर भएका दीपक पौडेल अभियान विभाग गण्डकी प्रदेशका संयोजक हुन् । पार्टीको स्थापनाकालीन सदस्य दीपक पौडेल गत प्रतिनिधीसभा निर्वाचनमा कास्कीबाट उम्मेदवार थिए । पार्टीका हरेक अभियानमा नेतृत्वदायी भूमिका खेलेका छन् ।

५. नवराज थापा

अघिल्लो प्रतिनिधिसभाको चुनावमा गोरखाबाट उम्मेदवार रहेका नवराज थापा हाल काठमाण्डौँमा बस्छन् । उनी पार्टीको स्थापनाकालिन सदस्य हुन् । उनी साझा पार्टी गण्डकी प्रदेशमा कोष संकलन समितिका संयोजक समेत हुन् । पर्यटन व्यवसायी उनी कार्यालय व्यवस्थापन र आईटीमा विशेष दक्षता राख्छन् ।

युवा संगठन, गण्डकीबाट केन्द्रिय समितिमा ३ जना

साझा युवा सङ्गठनबाट केन्द्रिय समितिमा पाँच जना पुगेका छन् । यीमध्ये ३ जना गण्डकी प्रदेशबाट हुन् । साझा युवा संगठनका केन्द्रिय महासचिव सरोज गौतम, प्रशिक्षण बिभाग प्रमुख प्रकाश आचार्य, युवा संगठनकै केन्द्रिय सदस्य पबित्रा थापा कास्कीका हुन्

 

 

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close