Headlines with imageजक्सन फिचरसमाजहाम्रो देश

४११ किमी टाढा (सप्तरी) हिँडेरै घर हिंडेका मजदुरको पिडा ! ( भिडियो हेर्नुस )

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउन आज १६ दिन वितेको छ । लकडाउनले दैनिक मजदुरी गरेर गुजारा चलाउने मजदुर भने समस्यामा परेका छन् ।

सरकारले मजदुरका लागि विभिन्न राहतका कार्यक्रम पनि ल्याएको छ । राहत वितरण गरेको प्रचारबाजी पनि गरिरहेको छ । तर सो राहत पाउनुपर्ने मजदुरले अझै राहत पाएका छैनन् । कति त राहत पाउने बारेमै बेखबर छन् ।

यस्तै सरकारी राहत बारे बेखबर भएका मजदुर तनहुँको शुक्लागण्डकी नगरपालिका सेराटारकोमा हाइवेमा भेटिए । करिब डेढ महिनादेखि गरिरहेको काम रोकिएपछि उनीहरु हिँडेरै घर जान भनेर हाइवेमा निस्किए । तर उनीहरुले थालेको यात्रा भने सहज देखिँदैन ।

उनीहरुलाई न त सरकारले दिने भनेको राहतको बारेमा थाहा छ, न त डेढ महिनादेखि गरिरहेको कामको ज्याला नै पाएका छन् । लकडाउन भएपछि आफुहरुसँग भएको रासनपानी सकियो । पैसा पनि भएन । काममा लगाएको ठेकेदारले लकडाउन पछि हिसाब मिलाउने भन्दै आश्वासन त दिए । तर अहिले फोन नै उठाउँदैनन् ।

उनीहरु तनहुँको भिमाद नगरपालिकाको भानुमतिमा हेल्थपोष्ट बनाउन आएका थिए । दुई साता भन्दा बढी काम र खाना दुबै नपाएपछि उनीहरु घर जान हिँडेको अवस्थामा बुधबार तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेराटारमा भेटिएका हुन् ।

नौ जनाको समुहमा रहेका मजदुरको यो टोली भानुमतिबाट करिब ४११ किमी टाढा सप्तरीको कञ्चनरुप नगरपालिकासम्म हिँडेरै घर जान कस्एिका हुन् ।

यहाँ खान बस्नमै समस्या भएपछि यो निर्णय लिन बाध्य भएको मजदुर टोलीका नाइके राम पुकार सरदार बताउँछन् ।

बाकीं भिडियोमा हेर्नुस :

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close