
पूर्वयुवराज्ञी हिमानी शाह तीन महिना पछि स्वदेश फर्किएकी छन्।
थाइल्याण्डमा रहेकी हिमानी र छोरा हृदयेन्द्र मंगलबार अपरान्ह ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएर होटल क्वारेन्टिनमा बसेका छन् ।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार नेपाल एअरलाइन्सको विमानमार्फत् हिमानी र उनका छोरा स्वदेश फर्किएका हुन्।
हिमानीका दुई छोरीहरू भने थाइल्याण्डमै छन्। छोराछोरी भेट्न तीन महिनाअघि थाइल्याण्ड गएकी हिमानी उतै रोकिएकी थिइन्।
छोरीहरूको कलेज खुलिसकेकाले नेपाल नआएको बुझिएको छ । थाइल्यान्डमा बस्दा हिमानीले छोरीहरुसित बनाएको टिकटक भिडियो भाइरल भएको थियो ।