समाजहाम्रो देश

संकटबाट मुक्ति पाउन एकता अपरिहार्य : पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्।

कोरोना संकटबाट मुक्ति पाउन एकता अपरिहार्य हुने उल्लेख गर्दै उनले भनेका छन्, ‘विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वभाविक चुनौतीहरूको सामना गर्न हामी बीचको एकता अपरिहार्य हुन पुगेको छ।’

आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले कसैले कसैलाई निषेध गरेर गए महाभूल हुने पनि उल्लेख गरेका छन्।

‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयू समाप्त भएको धरातलीय यथार्थलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं,’ शाहले भनेका छन्।

सम्बन्धित खबर

Close