Best in NepalHeadlines with imageन्युज पोखरापोखराफोटो फिचरयात्रामा महाम्रो देश

वाह ! क्या राम्रो घान्द्रुक ( फोटो फिचर )

कोरोना महामारीका कारण लामो समय बन्द रहेको कास्कीको पर्यटकीय गाउँ घान्द्रुक माघ १ गतेबाट खुलेको छ ।

चैत ११ गतेबाट सरकारले लकडाउन घोषणासँगै घान्द्रुक पनि पाहुनाका लागि बन्द गरिएको थियो । कारोना महामारीका कारण लामै समय बन्द रहेको घान्द्रुक गाउँ फेरि जुर्मुराउन थालेको छ ।

लामो समय बन्द रहेको घान्द्रुक खुल्ला हुँदा आन्तरिक पर्यटकको आगमन सुरु भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष किसम गुरुङ बताउँछन् । उनले दिनमा दिनमा १ सय ५० जनासम्म आन्तरिक पर्यटक आइरहेको बताए । ‘अहिले एउटा होटलमा दिनमा १०, १२ जना सम्म पाहुना आइराख्नु भाछ । खाली राख्नु परेको छैन,’ उनले भने ।

घान्द्रुकमा साना तथा ठूला गरेर करिब ५ दर्जन होटल छन् । ती होटलले एकसाथ करिब १२ सय जना पाहुना राख्न सक्ने क्षमता भएको गुरुङले जानकारी दिए ।

सहरको कोलाहलबाट शान्त ठाउँ खोज्नेहरुका लागि घान्द्रुक उपयुक्त गन्तव्य बनेको गुरुङको भनाइ छ । ‘पहिले यातायातको सुविधा थिएन ।
पोखरादेखि यहाँ आउन २ दिन हिँड्नुपथ्र्यो । तर, अहिले बाटो खुलेपछि ५, ६ घन्टामै पाहुनाहरु यहाँ आउन सक्छन,’ उनले भने । गुरुङहरुको ऐतिहासिक थलो घान्द्रुकलाई ढुंगेनी गाउँ पनि भनिन्छ ।

ढुंगैढुंगाले रहरलाग्दो गरी बिच्छ्याइएको भएर पनि ढुंगेनी गाउँ भनिएको स्थानीय कृष्ण गुरुङ बताउँछन् । घान्द्रुकमा अन्नपूर्ण हिमश्रृंखलालाई नजिकैबाट नियाल्दै रोधी घरमा रमाउन सकिन्छ ।

गुरुङ संस्कृतिका लागि परिचित ठाउँ बनेको घान्द्रुक गाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । ढुंगैढुंगा बिच्छ्याएर परम्परागत रुपमा बनेको घान्द्रुक गाउँलाई स्थानीय पनि ‘ढुंगेनी गाउँ’कै रुपमा चिनाउन मन पराउँछन् ।

यो चर्चित पदमार्ग अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार पनि हो ।

पर्यटन प्रवर्धनमा टेवा पुर्याउने हेतुले हालै चलचित्र पत्रकार संघ कास्की शाखाले घान्द्रुकमा ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यकमको आयोजना समेत गरेको थियो।

 

फोटो :- सचिन ठकुरी मल्ल/  जक्सन डट कम

Tags

सम्बन्धित खबर

Close