Headline Title onlyमनोरन्जनमनोरन्जन समाचार

चलचित्र प्राविधिकहरुको दु:खमा मल्हम लगाउदै पोखराका ३ छायाँकार

लकडाउनका कारण काम अभाव भएपछि समस्यामा परेका चलचित्रका प्राविधिकहरुलाई पोखराका ३ छायाँकारहरुको नेतृत्वमा खाद्यान्न वितरण गरिएको छ । छायाँकार सन्तोष कोन्मे, प्रकाश गुरुङ ‘काश’ र प्रेम गुरुङको सँयोजनमा ३० जना प्राविधिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

राहत वितरणको क्रममा छायाँकारहरुले केही चलचित्रकर्मीहरुमार्फत आर्थिक संकलन गरेका थिए । त्यो सँगै पोखरा फिल्म सोसाइटीले पनि राहत वितरणमा सहकार्य गरेको थियो ।

‘लकडाउनले यतिबेला चलचित्र प्राविधिकहरु बेरोजगार छन् । दैनिक काम गरेर आफ्नो खाना जुटाउँदै आएका प्राविधिकहरु अहिलेको अवस्थामा निकै समस्यामा छन् । त्यसैले हामीले हाम्रो तर्फबाट उनीहरुलाई सहयोग गरेका हौँ ।’ छायाँकार मध्येका एक सन्तोष कोन्मेले भने । उनले भने -‘ एक चलचित्र प्राविधिकको दु:ख, पिर र मर्का अर्को प्राविधिकले बुझ्न सक्छ। ‘

चलचित्र प्राविधिकहरुमध्येपनि विशेषगरि लाइटम्यान र मेकअप आर्टिस्टलाई राहत उपलब्ध गराईएको थियो । फिल्म छायाँकन नहुँदासम्मका लागि प्राविधिकहरु समस्यामा रहने भएका कारणले आगामी दिनमा पनि उनीहरुलाई थप सहयोग उपलब्ध गराउनका लागि ३ जना छायाँकारहरुले पहल गर्ने बताएका छन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close