Headline Title onlyन्युज पोखरापोखराराजनीतिहाम्रो देश

महेश बस्नेतको तुलना– पृथ्वीनारायणपछिको नेता केपी ओली

नेकपाको ओली पक्षीय नेता महेश बस्नेतले प्रधानमन्त्री ओलीको तुलना पृथ्वीनारायाण शाहसँग गरेका छन् । पोखरामा ओली निकट युवाहरुको बृहत भेलामा बोल्दै उनले भने, ‘पृथ्वीनारायणपछि मुलुकको नेता को हो भने केपी ओली हो, अघि बढ् केपी ओली ।’

उनले प्रचण्ड र नेपालले प्रधानमन्त्रीसँग भागवण्डा मागेर हैरान पारेको समेत दाबी गरे । ‘मेरो काकालाई अख्तियारको प्रमुख चाहियो, आर्मी पुलिसको प्रमुख मेरै काका चाहियो कस्ले भन्छ’, उनले भने, ‘भ्रष्टाचारी र अपराधीले भन्छ ।’

राष्ट्रिय युवा संघ गण्डकीले केपी ओलीको पक्षमा आयोजना गरेको सभामा बोल्दै उनले प्रधानमन्त्री ओलीले चैते दशैंमा मासु भाग लगाएझैं भाग दिनुपरेको बताए । उनले टोल टोलमा ‘साइबर फोर्स’ बनाउन समेत युवाहरुलाई आह्वान गरे । ‘मिडिया र सोसल मिडियामा गाली गर्ने सक्कली सय जना र नक्कली सय जना छन्’, उनले भने, ‘यनीहरुलाई तह लगाउन टोल टोलमा साइबर फोर्स बनाउनुप¥यो, प्रधानमन्त्रीको यही सन्देश राख्न चाहन्छु ।’

बस्नेतले प्रधानमन्त्री ओलीले नै आफुलाई देश दौडाहामा लाग्न भनेको बताए । ‘प्रधानमन्त्रीसँग हामी मिटिङ बसेका थियौं’, उनले भने, ‘उहाँले (प्रधानमन्त्री)ले युवाहरुले एक पटक देश डुल्न प¥यो, हात्तीलाई नदेखेर अरु चलमलायो भन्नुभयो, त्यही सन्देश सुनाउन म यहाँ आएको छु ।’

बस्नेतले प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधी सभाको मुद्धमाथिको बहस पनि ओलीको पक्षमा भएको दाबी गरे । ‘संवैधानिक इजलासको प्रक्रिया हेर्दा हामीलाई साथ दिन्छ भन्ने मलाई लाग्यो’, उनले भने, ‘आफुलाई मन पर्दा न्यायालय ठिक भन्ने आफुलाई मन नपर्दा प्रधानन्यायाधिशमाथि प्रश्न उठाउने ?’

उनले नेकपाका अध्यक्ष चुनिएका माधव नेपाललाई सडकछाप अध्यक्ष भनेका थिए भने प्रचण्डलाई प्रधानमन्त्री बन्न २ बर्ष पनि कुर्न नसकेको बताएका थिए ।

सोही सभामा बोल्दै नेकपा केन्द्रिय सदस्य खगराज अधिकारीले प्रचण्डलाई चुनावबाट अनुमोदित भएर प्रधानमन्त्री चुनिन चुनौती दिए । ‘भत्केको संसद पुनस्र्थापना गर भन्नु अग्रगामी हो की ताजा जनादेश ल्याउनु अग्रगमन हो ?’ उनले प्रश्न गरे ।
राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बचनसिँहले प्रचण्ड र माधव नेपाललाई जेल हाल्न माग गरे । ‘प्रचण्ड र माधव नेपाल हामी यहाँ छौं भनेर माइतीघर मण्डलामा बस्नुभएको देखें’, उनले भने, ‘उहाँहरुको त्यो हैसियत होइन, जेलको कालो छिँडीमा हो, सरकारले खुट्टा नकमाओस् ।’

सभामा झण्डै एक दर्जन युवा नेता कार्यकर्ताले मन्तव्य राखेको कार्यक्रममा सबैजसोले प्रचण्ड र माधव नेपालको कडा आलोचना गरेका थिए ।

सम्बन्धित खबर

Close