Headline Title onlyMovieमनोरन्जन

गुरुङ चलचित्र “कर्म क्याँ” लाई मिश्रित प्रतिक्रिया

जसु गुरुङद्वारा निर्देशित गुरुङ भाषाको चलचित्र कर्म क्याँ(कर्मको बाटो) लाई मिश्रित प्रतिक्रिया मिलेको छ । शनिबारबाट पोखराको मिडटाउनमा प्रदर्शन गरिएको चलचित्र कर्म क्याँ हेर्न पुगेका कलाकार, साहित्यकार र पत्रकारले मिश्रित प्रतिक्रिया दिएका हुन् ।

चलचित्र हेर्दै साहित्यकार गनेस पौडेलले सिनेमामा पश्चिमाञ्चल क्षेत्रको जनजाती समुदायको विषयलाई उठाउन खोजिएको बताए । गाउँले जिवनशैलीलाई चलचित्रको पर्दामा उत्रार्नु सिनेमाको सुन्दर पक्ष भएको उनले धारणा राखे । चलचित्रको प्राविधिक पक्षमा केही फितलोपन भएता पनि कथाको निरन्तर बगाई कर्म क्याँमा भेट्न सकिने प्रतिक्रिया उनको थियो । गाउँमा गाइने रोधि भाका र त्यसपछिको विदाई प्रक्रियालाई सिनेमामा झल्काउँदा चलचित्रमा गुरुङ समुदायको संस्कृतिलाई पनि प्रचारप्रसार गरिएको उनको बुझाई छ । लाउरे कल्चर र गाउँमा शिकार खेल्दाको दृश्यले चलचित्र हेर्नेलाई मोहित बनाउने तर्क उनको छ ।

चलचित्र निर्देशक घनश्याम लामिछानेले कर्म क्याँ लमजुङको मौलिक कथा भएको उल्लेख गरे । आज भन्दा ५ वर्ष अगाडि निर्माण भएको चलचित्र हलमा अहिले आएर प्रदर्शन हुनु सुखद पक्ष भएको उनले बताए । भाषाभाषीका चलचित्रलाई मिडटाउन सिनेमाजले प्रदर्शनको वातारण मिलाएको प्रति उनी खुशी देखिन्छन् । सिनेमामा गुरुङ समुदायको कल्चरलाई स्पष्टसँग देखाउन खोजिएको धारणा उनको छ । उनले निर्देशक जसुलाई कथामा अझै ध्यान दिन सुझाव दिएका छन् ।

गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान)का अध्यक्ष भोज बहादुर गुरुङले कर्म क्याँ यसअघि आफुले हेरिसकेको बताए । भाषाभाषीका राम्रा चलचित्रहरु अब आम दर्शकले हेर्न पाउनुपर्छ भन्ने मान्यता स्वरुप जिफानकै संयोजनमा शनिबारदेखि कर्म क्याँ मिडटाउन सिनेमाजमा प्रदर्शन गरिएको जानकारी उनले गराए । राम्रा चलचित्रहरु अब थन्किएर बस्न नहुने धारणा उनको छ ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले कर्म क्याँ एउटा सरल चलचित्र भएको उल्लेख गरेका छन् । उनले हरेक उमेरसमूहका दर्शकले चलचित्र हेर्न सक्ने गरी निर्माण भएको बताए । उनले चलचित्र कर्म क्याँ हेरिसकेपछि किन हेरें भन्ने मनमा नहुने धारणा राखे । समग्र रुपमा चलचित्र आफुलाई राम्रो लागेको प्रतिक्रिया उनको थियो । गिरीले गुरुङ चलचित्रमा कथा बगाउने लहडमा कल्चरलाई पूर्ण रुपमा देखाउन बिर्सिएको जस्तो भान भएको बताए । आगामी दिनमा कल्चरको पूर्णतालाई विशेष ध्यान दिन उनको सुझाव छ । गुरुङ सिनेमामा प्राविधिक पक्षमा समेत सुधार गरिनुपर्ने धारणा गिरीले राखेका छन् ।

कर्म क्याँकी निर्देशक जसु गुरुङले चलचित्रको प्रतिक्रिया आफुले मिश्रित पाएको बताएकी छिन् । सकरात्मक प्रतिक्रिया दिनेहरु बढी भएको उनको भनाई छ । “चलचित्र हेरेपछि जति पनि प्रतिक्रिया आएका छन् त्यसलाई मैले आत्मसाथ गरेकी छु”, उनले भनिन् ।

उसो त जसुले २०७२ सालमा उक्त चलचित्र मार्फत नै निर्देशनमा डेब्यु गरेकी थिइन् । आफु जन्मनु भन्दा अघिको कथा वस्तुलाई पर्दामा उत्रार्न उनलाई चुनौतीको विषय थियो । तर चलचित्र सार्वजनिक पश्चात थप हौसला मिलेको जानकारी उनले गराइन् । आफुँद्वारा निर्देशित चलचित्र हलमा प्रदर्शन गर्न पाउँदा जसु खुशी देखिन्छिन् ।

कर्म क्याँलाई उनले एक वियोगान्त प्रेम कथाको रुपमा परिभाषित गरेकी छिन् । चलचित्रमा मूख्य भूमिकामा सुजित गुरुङ रहेका छन् । नायिका रिया गुरुङले कर्म क्याँबाटै डेब्यु गरेको जानकारी जसु गुरुङले गराइन् । उनका अनुसार चलचित्रमा प्राय चरित्र कलाकारहरु गाउँकै छन् । चलचित्रको छायाँकन लमजुङको दुई गाउँमा गरिएको हो । जसुले चलचित्र मे क्युँ ( गुरुङ समुदायको मितको ) विषयमा चलचित्र निर्माण गरिसकेकी छिन् । जुन अब प्रदर्शनको तयारीमा छ ।

फोटो : सचिन मल्ल / जक्सन डट कम

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close