Headlines with imageपोखराफोटो फिचर

थोरै छ च्याङ्ग्रा, महँगो छ मुल्य ( फोटो फिचर )

जक्सन डटकम

दशैं नजिकिएसँगै हिमालपारी मुस्ताङमा हुर्किएका च्याङ्ग्रा पोखरा झर्छन् । दशैंमा आवश्यक मासुको लागि विक्री गर्न मुस्ताङ र पोखराका व्यवसायीले च्याङ्ग्रा खरिद विक्री गर्छन् ।

अघिल्ला बर्षहरुमा कतिपय व्यवसायीले तिब्बतबाट च्याङ्ग्रा ल्याउँथे, पोखरा हुँदै काठमाडौंसम्म लगेर विक्री गर्थे । यसपाली कोरोना भाइरसको महामारीले तिब्बतबाट च्याङ्ग्रा आएनन् । मुस्ताङ स्थित तिब्बत नाका अझै बन्द हुँदा च्याङ्ग्रा नेपाल छिर्न पाएनन् ।

मुस्ताङमा रहेका सिमित च्याङ्ग्रा धेरै व्यवसायीले माग गरे । जसले मुल्य बढायो । तिब्बती च्याङ्ग्रा नआउँदा गतबर्ष भन्दा झण्डै दोब्बर मुल्य तिर्न परेको उपभोक्ताहरुले बताएका छन् । त्यसो त यस बर्ष च्याङ्ग्रा किन्ने मानिस पनि कम छन् ।

मुस्ताङबाट पोखरामा च्याङ्ग्रा ल्याएका एक व्यवसायीका अनुसार यसपाली च्याङ्ग्रा किन्न आउने ग्राहक पनि कम छन् । अघिल्ला बर्षहरुमा भन्दा निकै कम च्याङ्गा आएपनि महँगो भएको र लकडाउनले धेरैको आर्थिक उपार्जन बन्द हुँदा च्याङ्ग्रा बिक्रीमा असर परेको छ ।

तैपनी व्यवसायीले च्याङ्ग्रा विक्रीका लागि ग्राहक खोजी रहेका छन् । थोरै भएपनि ग्राहकले च्याङ्ग्राको मोलमोलाई गरिरहेका छन्।

फोटो : मिलन थापा र अन्जल गुरुङ / जक्सन डट कम

सम्बन्धित खबर

Close