Headlines with imageमनोरन्जनविचार / अन्तर्वार्तासाहित्य जक्सन

एउटा चिठी सबैलाई

:राजन गोदार

प्रिय, तिमी सकुशल नै छौ । यही प्रार्थना गर्दछु । कोरोनाभाइरसको मौसम छ– आफ्नोे ख्याल राख्नू । यो डरलाग्दो मौसमले झन्डै मारिसकेको थियो । संक्रमित भएर होइन, सकस भएर । भाग्यवश, अहिले यहाँ तिमीसँग छु । पुनर्जीवन नै भन ।

यो अप्रत्याशित मौसमले धेरै मान्छेको जिन्दगी सिध्याइरहेछ । जीवनमा खल्लिबल्ली मच्चाइरहेछ । अनिश्चितताको भुमरी सर्वत्र फैलिएको छ । मान्छे इतिहासमा कहिल्यै यति धेरै उदास र उद्देलित थिएन होला । तिमीलाई थाहै छ– मेरो जीवन चुनौती र संघर्षमा घस्रिरहेको थियो । तर यति धेरै तनावग्रस्त मैले आफैले आफैलाई कहिल्यै भेटेको थिइन । ठीकै थियो, सग्लै थिएँ । कहाँबाट आयो कोरोना, टुक्राटुक्रामा छिन्नभिन्न हुँदै गएँ । मेरो निजी जीवनको तमाम सिलसिला ध्वस्त भयो । व्यवसायिक जीवनको त तिमी कुरै नगर । यस्तै मान, यो कोपिलाबाट फुल बन्दै थियो र कोरोनाको आँधी आयो ।

आफ्नै सपना र योजना जसको म लगभग नजिक–नजिक थिएँ । यो कोरोना कहरमा ती सपना र योजना विलय हुँदै गएको साक्षी बसें । व्यवसायको पर्खालबाट एउटा एउटा गर्दै इट्टाहरू खस्दै थिए । हेरिबसेँ । आफैंलाई असफल हुँदै गएको देख्दा परिवार, पार्टनर, सहकर्मी, साथिभाइको असीम याद आउँदोरहेछ । तिनलाई पनि मसँगै असफल बनिरहेको हेरिबस्नुको पीडा, कृपया मलाई कहिल्यै नसोध्नु । बिसौं वर्षको मेहनत खरानी हुँदै थियो । बाचा–कबुल थुप्रै थिए । तिनलाई पुरा गर्न लगभग असम्भवप्रायः देखिन्थ्यो । मैले जतनसाथ राखेका धेरै सम्बन्ध टुट्दै एकपछि अर्को गरेर टुट्दै थिए । आज लाग्छ, यस्तैयस्तै दुरावस्था मेरो मात्रै छैन । धेरैको छ । तर, पीडा अत्यन्तै वैयक्तिक हुन्छ ।

म टुक्रिएँ, म सक्किएँ । यस्तै लाग्यो ।

यो आफ्नै लागि नितान्त न्यायोचित कर्म भएन । यो विलापी कुरा गरेर सायद म तिम्रो पनि समय खेर फाल्दै छु । अति भयो, ब्युँझनुको कुनै विकल्प रहेन । जागौं है ?

उत्तर केही थिएन । मन–मस्तिष्कमा प्रश्नैप्रश्न मात्र । सायद त्यो १९ मार्च २०२०को साँझ थियो त्यही दिनदेखी यी प्रश्नहरूले सारो सताए । यो कोरोना कहिलेसम्म । भ्याक्सिन, औषधी, निदान कहिलेसम्म विकास होला । कसले पो यो कोरोनाको कुन्डली निकाल्ला । कहिले पो नियमित सिलसिला सुरु गर्न सकुँला । यत्ति भए त सपनाहरूलाई अझै धेरै भत्कन रोक्न सक्थेँ र त्यहीँबाट फेरी सुरु गर्न सक्थेँ ।

एक महिना छोटो समय होइन । म जत्ति अव्यवहारिक र पटमुर्ख सायदै कोही छ । यो थाहा पाउन मलाई एकमहिना बढि लाग्यो । यो मौसमले निर्मम चुटेपछि सायद म बौलाइसकेको थिएँ जुन मलाई एकरत्ति बोध थिएन । फर्केर हेर्दा यस्तो लाग्छ– म आँखा खुल्लै राखेर निद्रामा थिएँ । सायद चीरनिद्राभन्दा अघिको शितनिद्रामा थिएँ ।

अन्ततः हुनैपथ्र्यो त्यही भयो । ब्युँझने घण्टीले यस्तो झापड लगायो कि सायद जिन्दगीभर झन्झनाउन छोड्ने छैन । यस्ता प्रश्नको उहिल्यै बेवास्ता गर्न सक्नुपथ्र्याे । सकिनँ– ती प्रश्नहरूको चिन्ता गरिबस्ने म को नै पो हो र । मजस्तै बेबकुफहरू मात्रै यसो गर्छन् कि आफ्नोे नियन्त्रण र क्षमताभन्दा पर भएका विषयमा चिन्ता गर्छन् । मानौं कि उनीहरूको चिन्ताले नै समाधान ल्याउँछ जस्तो गरी चिन्ता गर्छन् । हो, ती दिनहरू पुरै खेर फालेकोमा मलाई ठूलो खेद छ । फेरी त्यही गल्ती गर्ने छैन । एउटै गल्ती दुइपटक गर्ने सुविधा कसैलाई पनि छैन ।

कहिल्यै जीवनमा काम नलाग्ने समाचार, जर्नल, विचारहरू पढेर, सुनेर, हेरेर घण्टौं मोबाइल स्क्रिनमा बिताएँ । सामान्य अपडेट काफी थियो त । त्यसको सट्टा त राम्रोसँग सुतेकै मात्र भएपनि कम्तिमा शरीरले ताजगी पाउँथ्यो । त्यही ताजगीले जीवनको नयाँ आयाम बुन्थ्यो, सुन्दर भविष्यको बिज रोप्थ्यो ।

आशा नै हो जो हामीलाई बचाइराख्छ । हाम्रो डरले आफ्नै आशालाई निलेको दिनमा के होला, म कल्पना पनि गर्न सक्दिनँ । मलाई थाहा छ, जस्तोसुकै विध्वंश एवं महामारिमा पनि मान्छे हिम्मत साँधेर बस्छ । झुठो आशाको सम्भावना छ भने डर पनि त झुठो हुन सक्छ । विगत र वर्तमान जतिसुकै कहालीलाग्दो किन नहोस् सुन्दर भविष्यखातिर केही न केही कर्म गर्न सधैं सम्भव छ । सुन्दर भविष्यको बिउ तयार गर्न सधैं सम्भव छ । अनुकुल मौसम जब आउँछ, त्यहीँ बिउ उमार्ने न हो ।

मेरो एकजना साथी ‘केश कर्तनालय’ चलाउँछ । ३० दिन लगातार बन्द भएपछि उसको व्यवसाय पनि बन्द भएछ । कर्मचारीलाई दिन, घरभाडा बुझाउन र केही दिन बाँच्नका लागि उसलाई केही पैसा आवश्यक परेको रहेछ । त्यही सापटी माग्न उसले फोन गर्दा थाहा पाएँ उसको व्यवसाय बन्द भयो । व्यवसायसँगै उसका धेरै चिज बन्द भए । म पनि आफ्नै मगजभित्र दुनियाँ कुहाएर बसिरहेको थिएँ । झ्याप्प भनिहालेँ कि ‘अहो ! सारै दुःख लाग्यो त ।’

उसले जवाफमा उसको रवाफ पनि दियो, राम्रै झापड पनि दियो । राजन दाइ, मैले मेरो व्यवसाय बन्द गरेँ तर म दुखी छैन । मसँग भएको अरू केही पनि मैले गुमाएको छैन दाइ । मेरो सिप, ऊर्जा र व्यवसायिक उत्साह उस्तै छ । म फेरी सबैचिज गर्न सक्छु । बस् हाम्रो आकाशबाट यो कोरोनाको कालो बादल हटिजाओस् । मैले उसलाई पैसा त दिएँ नै, मुरिमुरी धन्यवाद पनि ।

अवसादले पुरै थिचेर राखेको थियो । भोलि पनि छैन, भविष्य पनि छैन भन्ने सोचले गिजोलेर हैरान थिएँ । उसका कुराले यो जैविक बनोटको कुन नटबोल्ट कस्यो कि खुस्कायो थाहा पाइनँ । तर घण्टी बज्यो ।

भोलि छैन भने पनि के नै हुन्छ । भोलि सुर्य उदाएन भने नै के हुन्छ । म मुर्ख, यो भए के होला, त्यो भए के होला भनेर चिन्ताग्रस्त । चिन्ताले कहीँकतै पु¥याउँदैन, थाहा थियो । यो असाधारण समयमा म यावत बेकार सवालका शृंखलामा लिपिबद्ध थिएँ । गल्ती मेरै थियो । परिस्थितिलाई वशमा राख्न नसकेपनि आफैंले आफैंलाई आफ्नै वशमा राख्न सक्नैपथ्र्याे । यो भाइरसले पुरै विश्व सखाप बनाउला रे, बनाओस् न त । के र कसको चिन्ता गर्ने । चिन्ताहरू धेरैजसो हाम्रा बन्धन, राग, आसक्तिहरूसँग जोडिएर जन्मन्छन् । जस्तै मेरो जीवन, मेरो व्यवसाय, मेरो नोकरी, मेरो करिअर, मेरा आफन्त, अरू तिमी नै थप । तिनलाई तिनकै ठाउँमा राखेर आफैंलाई छेउ लगाउनु नै चिन्तानिद्राबाट ब्युँझनु हो । प्रबुद्धहरू यसै भन्छन् । सायद सहि भन्छन् ।

यो भाइरस सक्किनै पर्छ । अथवा उपचार सम्भव हुनैपर्छ । वा संसारले प्रतिरोध क्षमता विकास गर्छ नै । मानवजातिले यो भाइरसमाथि आफ्नोे जित सुनिश्चित गर्ने नै छ । भाइरसको कुन्डली पत्ता लाग्छ नै । तर कहिले ? के पर्खन सकिन्छ ? जुन निश्चित छैन त्यसलाई दिलदिमागबाट पर्खिरहनुको के अर्थ ? अनिश्चितकाल सम्म सबै कुरा रोकेर पर्खन मैले त सकिनँ । कहिलेसम्म यो कुन्ठामा बाँचिरहने ! यो ज्वरोमा कति समय र ऊर्जा कहिलेसम्म खेर फाल्ने ?

आज बिहान, केही निश्चित संकेतसहित ब्युझेँ । यो अपरान्ह हो, तिमीसँग यी पल साट्न भनेर यो चिठी लेखिरहेछु । निश्चय नै यो निर्दयी मौसम अनिश्चित छ । तर मैले यसको पिछा गर्न छोडिदिएँ । यो विपत्तिको अन्त्य पर्खेर जीवनका तमाम सिलसिलालाई अब त रोक्दै रोक्दिनँ । स्वस्थ शरीर, मन–मस्तिष्क र सुखी भविष्यखातिर हरसम्भव निश्चित कुराहरू गर्ने छु । र हरसम्भव प्रयास गर्नेछु कि जसले म र मेरो सपनाबीचको दुरी सकेजति घटाउन सकोस् । के तिमी पनि यस्तै गर्नेछौ ?

थाहा छ, यी बिउले मेरा लागि अर्को बिउ छोड्न केही समय लाग्छ नै ।

हिम्मत राख्नू । फेरी सुरु गर्न ‘अब त सुरु गर्नै पर्छ ।’

असिम स्नेहसहित,
राजन,
करिअरगल्ली, काठमान्डौं ।

अनुवादः दिवस संकल्प

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close