Headlines with imageजक्सन फिचरन्युज पोखरापोखराफोटो फिचरसमाजहाम्रो देश

‘हामी गाउँलेको फोटो के राम्रो आउँछ र ?’

शब्द / तस्वीर : अरुण गिरी

नेपालीको मुुख्य खाना धान । जसको उत्पादन गर्न अहिले नेपालभर रोपाई चलिरहेको छ । यही उत्पादनलाई बढवा दिन १५ असारका दिन राष्ट्रिय धान दिवस मनाइन्छ । यसपाली कोरोना भाइरसको महामारीका कारण धान दिवस औपचारिक रुपमा मनाउन पाइएन ।

त्यसो त धान दिवस मनाउनु र नमनाउनुले किसानको दैनिकीमा खासै असर पनि पार्दैन । धान दिवसकै दिन पोखराको न्युरोडदेखि पोखरामा मुख्य धान उत्पादन हुने क्षेत्र लेखनाथ हुँदै रुपाकोट पुग्दा खेतका गह्राहरुमा किसानको किसानी उस्तै देखिन्थ्यो ।

किसानले धान रोपेको हेर्न योजना बिनै हामी लेखनाथतिर लागेका थियौं । खेतमा रोपाइ चलिरहेको दृश्य, हरियाली जंगल र असारे मौसमले हामीलाई किसानको नजिक हुन उक्साइरहेको थियो ।

कोरोनाको संक्रमण हुन्थेन भने आजका दिन पोखराका सरकारी र गैरसरकारी कार्यालय, जनप्रतिनिधी, पत्रकार र विदेशी नागरिक समेत हिलाम्य भएर हिलो खेलेका हुन्थे । बर्षमा एक पटक भने पनि उनीहरु हिलो छुन खेतमा पुगेका हुन्थे । किसानको कर्म देख्थे ।

एक पटक भएपनि मुलधारको बहसमा किसान आउने थिए । तर कोरोना भाइरसले यो सबलाई छाँयामा पा¥यो । किसान र कृषिकर्म बहसको मुलधारमा आउन सकेन ।

हामी सोमबार बिहान ९ बजे पोखरा ३० बेगनासताल नजिकै खेलाछेउ पुग्दा किसानहरु खेतमा धान रोप्न व्यस्त थिए । ट्रयाक्टरले जोतेको खेतमा रोपारले छुपुछुपु धान रोपिरहेका थिए । खेतीमा पनि आधुनिक प्रविधि विभित्र थालेको जनाउ ट्रयाक्टरले दिइरहेको थियो ।

धान रोपेर अन्तिममा खेतको एउटा गह्रा बाँकी हुँदा उनीहरु हिलो खेल्न थाले । हिलो खेल्दा किसानको मुहारमा देखिएको खुशीले थकाइ मेटाइदिएको आभाष हुन्थ्यो । हामीले हेर्दा पनि यो दृश्य रोमाञ्चक देखिएको थियो । उनीहरुले रोपाईको बिचमा दही चिउरा खाए । १५ असारको मध्यान्हको भोक मेटाए ।

त्यसपछि हामी रुपा गाउँपालिकातिर उक्लियौं । रुपा ६ तालबेसीको एउटा खेतमा हल गोरुले खेत जोतिरहेको थियो । परम्परागत घर अगाडी आँगन तलको खेतमा रोपारहरुले खेत रोपिरहेका थिए । रोपाईमा रोपार आमाको बच्चा पनि हिलोमा रमाइरहेका थिए ।

यो दृश्य निकै सुन्दर देखिएको थियो । मैले क्यामेरा तेर्साएँ । त्यसपछि कोही मुसुक्क हाँसे त कोही लजाए । एक जनाले पछाडीबाट भने– ‘हामी गाउँलेको फोटो के राम्रो आउँछ र ?’

हेर्नुस तस्वीरहरु :

 

सम्बन्धित खबर

Close