Headlines with imageजक्सन फिचर

बोरिङ लकडाउनलाई बनाउनुस्, ह्याप्पी लकडाउन

जक्शन टिभी प्रस्तुत गर्दछ || #JuksonTV Presents

‘हाउ क्रियटिभ मोबाइल भिडियो कन्टेस्ट’ || How Creative Mobile Video Contest

यो बोरिङ लकडाउनलाई बनाउनुस्, ह्याप्पी लकडाउन ।
Transform this boring lock down into happy lock down

Email Your video at tv.jukson@gmail.com and win up to Rs. 25,000/-.

Subscribe our youtube channel : https://www.youtube.com/channel/UCCW7XViGUn4Yj2fMV6xrTnQ

नमस्कार

लकडाउनमा घरमा बस्दा बस्दा तपाई बोर भैसक्नुभयो ? अनि के, यो लकडाउनलाई केही नयाँ तरिकाले रमाईलो बनाउन चाहनुहुन्छ ? आउनुहोस्, हामी तपाईहरुको लकडाउनलाई केही खास अनि क्रियटिभ बनाउन चाहन्छौँ ।

तपाई घरमा बसेर आफ्नो क्रियटिभिटी देखाउनुस् अनि जित्नुहोस्, २५,००० रुपैयाँसम्म । यो लकडाउन तपाईको प्रतिभा प्रस्फुटन गर्ने वहाना हुनसक्छ । सँगसँगै घरमै बसिबसि नगद जित्ने अवसर पनि । यो बोरिङ लकडाउनलाई बनाउनुस्, ह्याप्पी लकडाउन ।

मोबाइल उठाउनुस्, भिडियो बनाउनुस् र सहभागी हुनुहोस्, ‘हाउ क्रियटिभ मोबाइल भिडियो कन्टेस्ट’मा ।

भिडियो कन्टेस्टमा सहभागिताका लागि केही शर्तहरुः

१. भिडियो न्यूनतम ३ मिनेट र अधिकतम ५ मिनेट सम्मको हुनुपर्नेछ ।

२. भिडियो मोबाइलबाट मात्र खिच्न पाईनेछ । र, घर भित्रै या घर परिसभित्रको दृश्य समेट्नुपर्नेछ । आउटडोर अर्थात सडक, जंगल या बजारका दृश्य भिडियोमा समावेश गर्न पाईनेछैन । (सरकारले लगाएको लकडाउनको नियम उल्लंघन गर्ने गरि भिडियो नबनाउनुहोला ।)

३. भिडियो मोबाइलबाटै इडिट गर्नुपर्नेछ । र, कुनै पनि प्रोफेशनल सफ्टवेयरबाट इडिट गर्न पाईनेछैन ।

४. भिडियो खिच्दा आएको रियल साउण्ड बाहेक कुनै पनि खालको ब्याकग्राउण्ड साउन्ड राख्न पाईनेछैन ।

५. आफूसँग भएको जुनसुकै प्रतिभा (कमेडी गर्ने, छोटो फिल्म बनाउने, गीत गाउने, नाच्ने, व्यायाम गर्ने, अभिनय गर्ने, खाना पकाउने, कविता वाचन गर्ने, आर्ट गर्ने जस्ता)का भिडियो खिचेर तपाईले हाम्रो अफिसियल जिमेल अकाउन्टमा पठाउनुपर्नेछ । र, हाम्रो टिमले फाइनल गरिसकेपछि मात्रै तपाई यो भिडियो कन्टेन्स्टमा सहभागिता जनाउन सक्नुहुनेछ । एक जना व्यक्तिले फरक फरक विधाका अधिकतम ५ वटा सम्म भिडियो बनाउन सक्नेछन् । र, हाम्रो टिमले एप्रुभ गरेको खण्डमा एक साथ ५ वटै भिडियो कन्टेस्टमा सहभागी हुन सक्नेछन् ।

६. कन्टेस्टका लागि बनाईएका भिडियोहरु आफ्नो वाल या अरु कुनै प्लेटफर्ममा राख्न पाईनेछैन । यसरी राखिएको खण्डमा त्यो भिडियो स्वतः कन्टेस्टबाट बाहिरिनेछ । जक्सन टिभीमा राखिएपछिको भिडियो भने शेयर गर्न पाईनेछ ।

७. भिडियो कन्टेस्टको अवधी २१ दिनको हुनेछ । कन्टेस्टमा विश्वभरबाट सबै उमेर समूहका मानिसहरुले सहभागिता जनाउन सक्नेछन् । कन्टेस्टका लागि सहभागीहरुले २०७७ बैशाख ५ गते शुक्रबारदेखि बैशाख १९ गते शुक्रबारसम्ममा भिडियो पठाईसक्नुपर्नेछ । र, बैशाख २६ गते शुक्रबार कन्टेस्टको अन्तिम निर्णय सार्वजनिक गरिनेछ । स्मरण रहोस्, भिडियो उपलब्ध हुनासाथ प्रशारण हुने भएकोले सहभागीहरुले सकेसम्म चाँडो भिडियो बनाएर पठाउनुपर्नेछ ।

८. कन्टेस्टमा प्रथम हुने भिडियोले १५ हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । र, एकैजनाले बनाएका दुई वटा भिडियोले पनि पहिलो र दोस्रो पुरस्कार पाउन सक्नेछन् । युट्युब भ्यूज, कमेन्ट र जक्शन टिभीले नियुक्त गरेको निर्णायक टोलीको निर्णयअनुसार विजेता छनौट गरिनेछ ।

९. कन्टेस्टमा सहभागी हुन चाहनेले tv.jukson@gmail.com मा भिडियो सेन्ड गर्नुपर्नेछ । र, भिडियो सहित सहभागीले आफ्नो पुरा नाम, ठेगाना, सम्पर्क नम्बरसँगै फेसबुक अकाउन्टको लिंक पनि उल्लेख गर्नुपर्नेछ । पुरस्कार दिने बेलामा सोही नाम र ठेगानाको आधारमा सम्बन्धित व्यक्तिको परिचयपत्रको आधारमा बैंकिङ प्रणालीबाट रकम उपलब्ध गराईनेछ ।

थप जानकारीका लागि
Jukson Group Pvt. Ltd
New road, Pokahra
Ph : 9856039451, 9846384451

#HappyLockdown #VideoContest #HowCreative #HCMVC

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close