Headlines with imageजक्सन फिचरन्युज पोखरापोखरासमाजहाम्रो देश

नेपालीको दुःखमा मल्हम लगाउदै युकेका नेपाली ( भिडियो हेर्नुस )

पोखरा नेपाल–यूके फाउन्डेशनको विशेष सहयोगमा ‘जक्शन ग्रुप प्रालि’द्वारा सञ्चालित जक्शन डट कमले लकडाउनको मारमा परेका निम्न वर्गका ६५ परिवारलाई खाद्यान्न वितरण गरेको छ । करिब साढे २ लाख बराबरको खाद्यान्न वितरण गरिएको जक्शन ग्रुप प्रालिले जनाएको छ ।

‘पोखरा नेपाल–यूके फाउन्डेशन’ नेपालमा आउने विभिन्न विपद्मा नेपालीको सहयोगका लागि यूकेमा स्थापित सामाजिक संस्था हो । पोखराका भीम महेन्द्र गुरुङ र जगत गुरुङले संस्थागत रुपमा यूकेमा रहेका नेपालीहरुसँग सहयोग उठाएर जक्शन ग्रुपमार्फत सहयोग गरेका हुन् । उनीहरुको यो अभियानमा त्यहाँ रहेका करिब २ सय नेपालीहरुको योगदान छ ।

राहात बोकेर पीडितको घरमै पुग्यो Pokhara Nepal UK Foundation र Jukson.com को टिम ( भिडियो हेर्नुस )

सम्बन्धित खबर

Close