Biz पोखराHeadlines with imageजक्सन फिचरपोखरा

मनकारी व्यवसायी युवराज खतिवडाः समस्यामा परेकालाई व्यक्तिगत रुपमा करिब १ करोडको सहयोग

रेम बिक
पोखरा, १७ बैशाख ।

कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनमा परि समस्यामा रहेकाहरुलाई युवा व्यवसायी युवराज खतिवडाले करिब १ करोड रुपैयाँको राहत उपलब्ध गराएका छन् । धादिङ घर भै हाल पोखरामा व्यवसाय गर्दै आएका खतिवडाले व्यक्तिगत तवरमा सो सहयोग उपलब्ध गराएका हुन् ।

पहिलो चरणमा उनले पोखरा सस्तो बजार, फेवा एग्रिकल्चर प्रालिमा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई ६० लाख रुपैयाँ बराबरको भाडा मिनाहा गरिदिए । त्यो सँगै धादिङबाट पोखरा आई बसोबास गरिरहेका मजदुर परिवारका लागि करिब १ हजार बोरा चामल, दाल र तेल उपलब्ध गराएका छन् ।

‘हालसम्म मैले ६ सय ५० परिवारलाई उनीहरु बसिरहेकै ठाऊँमा पुगी सहयोग उपलब्ध गराईसकेँ । र, यो क्रमलाई मैले निरन्तरता दिईरहेकै छु ।’ खतिवडाले भने–‘१ हजार बोरा चामल सहयोगका लागि मैले खरिद गरिसकेको छु ।’ पहिलो प्राथमिकतामा आफूले धादिङबाट मजदुरीका लागि पोखरा आई बसोबास गरिरहेकाहरुलाई लक्षित गरेपनि समस्या परेको खण्डमा गैर धादिङेलाई पनि सहयोग गर्ने उनले बताए ।

‘म कुनैबेला हातभरि घडी उनेर बसपार्कमा बेच्दै हिँड्थेँ । कुनै बेला त पैसा नहुँदा भोकभोकै पनि बस्नुपथ्र्यो ।’ उनले आफ्ना दुखका दिन सम्झिए–‘त्यही सँघर्ष सम्झेरै मैले मजदुरहरुलाई सहयोग गरेको हुँ ।’ त्यसो त आफूसँग टन्न पैसा भएर यस्तो नगरेको उनले बताए । ‘म आफ्नो सँघर्षको दिनहरु सम्झिन्छु । कसैले पैसा नभएकै कारण भोको बस्नु नपरोस् भन्ने मलाई लाग्यो । र, लकडाउनमा समस्यामा परेकालाई सहयोग गरेको हुँ ।’ खतिवडाले भने ।

हाल खतिवडाले सिद्धार्थचोकमा फेवा एग्रिकल्चर प्रालि र पृथ्वीचोकमा सस्तो बजार संचालन गरिरहेका छन् । साथै उनको आफ्नै निर्माण कम्पनी पनि छ । आफ्नो कम्पनीहरुमा काम गर्ने सबै कर्मचारीलाई उनले सहयोग गरिसकेका छन् भने काम नभएपनि उनीहरुको तलब भत्ता पनि रोकेका छैनन् ।

खतिवडाले यतिबेला पोखरा ५ पस्र्याङमा आवासका लागि १ सय कोठा तयार गरेका छन् । भाडा प्रायोजनका लागि बनाईएका कोठाहरु अहिले तयार भैसकेका छन् । ‘यदि कोही मजदुर तथा सर्वसाधारणलाई घरभेटीले यो समयमा भाडा मागेर समस्या दिएको खण्डमा उनीहरुलाई म निशुल्क रुपमा यहाँ आएर बस्न आह्वान गर्छु ।’ खतिवडाले भने–‘लकडाउन अवधीभर यहाँ आएर बस्नेहरुलाई मैले कुनै भाडा लिनेछैन ।’

साथै खतिवडाले विश्व नै समस्यामा परिरहेको अहिलेको अवस्थामा सबैलाई आफ्नो ठाऊँबाट सक्ने सहयोग गर्न अपील पनि गरेका छन् । ‘त्यसो त पैसाले मानिसलाई कहिल्यै पुग्दैन । तर कोही पनि समस्यामा परेका मानिसलाई सहयोग गर्न मैले कहिल्यै आनाकानी गरिन । आफ्नो सँघर्षको दिन सम्झिन्छु अनि झन् मलाई दीनदुखिलाई सहयोग गर्ने हौसला आउँछ ।’ उनले भने–‘सबैले सकेको सहयोग गरौँ । मानवियता नभुलौँ ।’

३१ वर्षे व्यवसायी खतिवडाको जन्म धादिङको सामान्य परिवारमा भएको हो । दुखमै हुर्केका खतिवडा आफ्नो गर्जो टार्ने उद्देश्यसहित केही काम गर्न पोखरा झरेका थिए । पोखरा आएर काम गर्न पनि थाले । सामान्य मजदुरी गरिरहँदा उनलाई ठुलो शारिरीक समस्या प¥यो । उनको मुटुलाई शरिरले आवश्यक बिजुली (इनर्जी) दिन बन्द ग¥यो । केही मनकारीको सहयोगले उनले मुटुमा पेसमेकर जोडे ।

‘यदि त्यस्ता मनकारीहरुले त्यो बेलामा मलाई सहयोग नगरेको भए अहिले म यो स्थितीमा आउन सक्नेथिईन । मलाई सहयोग गर्नेहरुप्रति म सँधै नतमस्तक छु ।’ उनले भने–‘केही मनकारीको सहयोगले मलाई अहिलेको सफलतासम्म ल्यायो भने मैले किन कोही समस्यामा परेकालाई सहयोग नगर्ने ?’ एकअर्कालाई परेको बेलामा सहयोग गरेरै मानवजाति अगाडि बढ्न सक्ने उनले बताए ।

भिडियो हेर्नुस :

सम्बन्धित खबर

Close