Headline Title onlyलाईफ स्टाईलसमाजस्वास्थ्यहाम्रो देश

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

उपत्याका बाहिर पहिलोपटक संक्रमण देखिएको हो ।

३४ वर्षका उनी दुबईबाट आएका थिए । उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

सम्बन्धित खबर

Close