न्युज पोखरापोखरालाईफ स्टाईलसमाजस्वास्थ्यहाम्रो देश

मारवाडी युवा मञ्च पोखराले नि:शुल्क वितरण गर्यो रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्ने होमियोप्याथीक औषधी

मारवाडी युवा मञ्च पोखराले पोखरा र आसपासका क्षेत्रहरुमा रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्ने होमियोप्याथीक औषधी नि:शुल्क वितरण गरेको छ।

मारवाडी सेवा समिति, नेपालको सहयोगमा मञ्चले पोखरा महानगरका विभिन्न स्थानमा हालसम्म ६ हजार ५ सय जना भन्दा बढीलाई औषधी वितरण गरिसकिएको अध्यक्ष सन्तोष कुमार अग्रवालले बताउनुभयो।

अग्रवालका अनुसार नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा सिफारिस गरिएको होमियोप्याथिक औषधि मारवाडी सेवा समिति, नेपालद्वारा नेपालभरि १८ लाख भन्दा बढिलाई बितरण गरिसकिएको छ ।

मारवाडी सेवा समितिले औषधीले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्ने बताउदै आएको छ।

अग्रवाल भन्छन, ‘आयुर्वेद विभागद्वारा सिफारिस गरिएको यो रोगप्रतिरोधात्मक क्षमता वृद्धी गर्ने औषधी हरेक उमेर समुहका व्यक्तिले खान सक्छन जसको कुनै साईड इफेक्ट छैन। ‘ उनले भने, ‘ हामी पोखरामा औषधी माग आएसम्म र मारवाडी सेवा समितिले सहयोग गरेसम्म सम्पुर्ण पोखरेलीलाई बाड्ने योजनामा छौं’ ।

त्यस्तै मञ्चका महासचिव मनोज कुमार मोरले भने, ‘रोगप्रतिरोधात्मक क्षमता कम हुँदा सरुवा रोग तथा विभिन्न भाईरसले सजिलै आक्रमण गर्न सक्छन, त्यसैले यो औषधि देशका विभिन्न स्थानहरुमा वितरण गरेका हौं’ ।

मोरका अनुसार होमियोप्याथिक आर्सेनिकम एल्बम ३० सी नामक उक्त औषधि मारवाडी सेवा समितिमार्फत देशका विभिन्न स्थानमा निःशुल्क वितरण भइरहेको छ ।

पर्याप्त जानकारीसहित वितरण गरिएको सो औषधि दुई गोली बिहान खाली पेटमा तीन दिनसम्म र त्यसपछि दुई दुई गोली सातामा एकपटक गरी तीन सातासम्म खानुपर्ने मञ्चका उपाध्यक्ष बिष्णु गोयलले बताउनु भयो।

गोयलले होमियोपेथिक चिकित्सकको निगरानीमा प्याकिङ गरेर देशका ५० जिल्लाका १७ देखि २० लाख जनासम्मलाई औषधि वितरण भइसकेको जानकारी दिए ।

सम्बन्धित खबर

Close