Headline Title onlyसमाचारस्वास्थ्यहाम्रो देश

नेपालमा उपचाररत दुई कोरोना संक्रमितको दोस्रो रिपोर्ट पनि पोजेटिभ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछी उनीहरुलाई डिस्चार्ज नगरी अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । बुधबार आएको रिपोर्टमा दुबैको कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको हो ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालले दिएको जानकारी अनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ ।

सम्बन्धित खबर

Close