Headline Title onlyलाईफ स्टाईलसमाचारस्वास्थ्यहाम्रो देश

पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना : नेपालमा संक्रमितको संख्या ९ पुग्यो

नेपालभित्र पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दुबईबाट फर्किएका कैलालीका एक जना पुरूषमा कोरोना भाइरस यसअघि नै देखिएको थियो।

उनकी आफन्त एक जना ३४ वर्षीया महिलामा पनि कोरोना भाइरस पोजेटिभ भएको शनिबार पुष्टि भएको छ। ती महिला संक्रमित युवककी भाउजु भएको बुझ्नमा आएको छ ।

योसँगै पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

यसअघि नेपालमा युरोप र खाडीबाट आएका नेपालीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो। कोरोना भाइरस संक्रमित भएकाहरूको परिवारका सदस्यहरूको पनि परीक्षण गरिएको थियो। तर उनीहरू कसैमा कोरोना भाइरस पुष्टि भएको थिएन।

शनिबार भारतबाट आएकाहरूमा पनि कोरोना भाइरस देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ। तीमध्ये एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत् छन्।

यो पनि हेर्नुस :

सम्बन्धित खबर

Close