Headline Title onlyधर्मसंस्कारलाईफ स्टाईल

कोभिड–१९ : भारतमा जस्तै नेपालमा पनि आज दिप प्रज्वलन गर्न ज्योतिषी हरिहर अधिकारीको आग्रह

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का जोखिम बढ्दै गएको भन्दै आइतबार भारतमा ९ मिनेट दिप प्रज्वलन गरिने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनअघि देशवासीका नाममा सम्बोधन गर्दै ५ अप्रिलका दिन घरको बिजुली बत्ति बन्द गरेर दिप प्रज्वलन गर्नका लागि आग्रह गरेका थिए । सोही आग्रह अनुसार आज राति ९ बजे भारतमा दिप प्रज्वलन गरिने भएको छ ।

यसैबिच युवा ज्योतिषी हरिहर अधिकारीले नेपालमा पनि आज राति ९ बजे दिप प्रज्वलन गर्न आग्रह गरेका छन्। उनले फेशबुकमा भिडियो पोस्ट गर्दै यसो भनेका हुन ।

ज्योतिष विज्ञानको आधारमा अमृत समयको सुरुवातमा दियो बाल्दा राम्रो हुने उनले बताएका छन् ।

भिडियो हेर्नुस :

सम्बन्धित खबर

Close