Headlines with imageInside पोखरापोखराफोटो फिचर

सुनसान बन्दै पोखराका मुख्य बजार ( फोटो फिचर )

कोरोना भाइरसको त्रासका कारण पोखराका मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, लेकसाईड, छोरेपाटन, पृथ्वीचोक असनलगायतका क्षेत्र सुनसान हुन थालेका छन् ।

दैनिक हजारौं मानिसको आवतजावत हुने र किनमेल हुने यी क्षेत्रका धेरै पसल बन्द गरिएका छन् । सडकमा हिँड्ने मानिस पनि छैन । खुलेका केही पसलमा पनि ग्राहक संख्या पातलिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संबोधनका क्रममा अत्यावश्यक सेवाबाहेकका अन्य कार्यालय बन्द गर्न र मानिसहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेका थिए ।

मानिसहरुमा कोरोना भाइरस संक्रमणको त्रास र सरकारी आग्रहका कारण पोखराका अन्य ठाउँका पनि धेरै पसल बन्द भएको छ । सडकमा गुड्ने गाडी पातलिएका छन् ।

हेर्नुहोस् तस्वीरहरु :

फोटो : अर्जुन गिरी / जक्सन डट कम

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close