Biz पोखरान्युज पोखरापोखरा

कोरोना प्रभाव: मनकारी घरधनी मगर, जसले मिनाहा गरे १ लाख ६४ हजार बराबरको घरभाडा

कोरोना (कोभिड– १९) को असरका कारण भाडामा बस्ने व्यवसायी पनि मारमा परेको भन्दै पोखराका एक घरधनीले चैत महिनाको सम्पूर्ण घरभाडा मिनाहा गरेका छन् । पोखरा–९ न्युरोडका ईश्वर राना मगरले चैत महिनाको घर भाडा नलिने बताएका हुन् ।

पोखराको व्यस्त व्यापारिक केन्द्र न्युरोडमा रहेको उनको घरमा भाडामा बस्ने तथा सटर, फ्लाट र कोठा भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुसँग चैत महिनाको भाडा आफूले नलिने उनले बताए। भाडाबापत मगरले मासिक १ लाख ६४ हजार रुपैयाँ व्यवसायीहरुसँग लिने गरेका थिए। सो घरमा बिग एफएमसहित एक थकाली भान्सा घर, शैक्षिक परामर्श केन्द्र, प्रोडक्शन हाउस्, बिजुली पसल लगाएतका व्यवसायहरु भाडा तिरेर बस्दै आएका छन्।

‘विश्वव्यापी महामारीको रुपमा फैलिको कोरोनाको असरले व्यापार नै गर्न पाएका छैनन्, सबै बन्द छ, यस्तो अवस्थामा मैले कसरी भाडा लिनु ? मनले नै मानेन ।’ रानाले भने, ‘देश संकटमा परेका बेला भाडामात्र छुट दिँदा पनि केही राहत हुने देखेपछि यस्तो निर्णय लिएको हुँ ।’ दुखको बेलामा अरु घरधनीहरुले पनि भाडामा बस्नेको पीरमर्का बुझ्नुपर्ने उनको धारणा छ।

सम्बन्धित खबर

Close