Biz पोखराHeadlines with imageन्युज पोखरापोखरा

बुबाको प्रेरणाले रेमले खोले पोखरामा रेजामार्ट, प्रकाश सपुतले गरे उद्घाटन

मनभरी व्यापार गर्ने हुटहुटी थियो, लगानी गर्न साथमा पैसा थिएन । बाग्लुङको बुर्तिबाङ नगरपालिकाको विकट गाउँ बोंगादोभानका शंकर रसाइलीले बुर्तिबाङ बजार गए । खल्तीमा जम्मा–जम्मी ८ सय रुपैयाँ थियो । त्यही पैसाले आउन खुद्रा सामान किने, गाउँमा लगेर घरघरमा लगेर बेचे ।

त्यतिबेलाको बजार अहिले जस्तो घरमै अर्डर अनुसारको सामान पु¥याइदिने ‘होम डेलिभरी’ थिएन । नेपालका ग्रामिण बजारमा अहिले पनि यो सुविधा छैन । ३५ बर्षअघि ८ सय रुपैयाले शुरु गरेको घरघरमै सामान पु¥याउने काम उमेरले ५८ लागेका शंकरले अहिले पनि जारी राखेका छन् ।

त्यही सामान बेचेर आउने मुनाफाबाट शंकरले गुजारा चलाए । छोराछोरीलाई पढाए, हुर्काए । शंकरका ५ छोरी र १ छोरा छन् । गाउँमै एसएलसीसम्म पढेका छोरा रेम रसाइली क्याम्पस पढ्न पोखरा झरे । स्नातक अन्तिम बर्ष पढ्दा–पढ्दै पत्रकारिता थाले ।

पत्रकारितामा उनलाई रंग समाचारमा चाख बस्यो । उनी चलचित्र पत्रकार संघ, पोखराका अध्यक्ष भए । पत्रकार भएपनि उनलाई ब्यापार गर्ने बुबाको मोहले छाडेको थिएन । पत्रकारिता छाडेर उनले २ बर्ष ठेक्का–पट्टाको काम थाले । सरकारी ठेक्का समेत लिन अग्रसर भएका रेम ठेक्का–पट्टामा घाटा लाग्यो, उनले ठेकदारी गर्न छाडिदिए ।

कोरोना भाइरसको महामारीले देशव्यापी लकडाउन भयो । चलचित्र पत्रकारिता गर्दा उनले कलाकारिता पनि सिकेका थिए । केही म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । त्यही कलाकारितालाई प्रष्फुटन गर्न उनले लकडानमा केही शर्ट फिल्म बनाउन अघि सरे । आँफैले अभिनय गरे । त्यही लकडाउन खुलेपछि उनले पोखरामा व्यापार गर्ने योजना बनाए । पोखराको पर्स्याङ्गमा कार्तिक १ गतेदेखि ‘रेजा मार्ट’ नामक व्यवसाय शुरु गरे ।

पत्रकारिता, ठेकदार, कलाकार हुँदै उनी व्यवसायमा हात हालेका हुन् । पोखराको पर्साङमा ‘रेजा मार्ट’ संचालनमा ल्याएका रेमले यसको श्रेय भने आफ्ना बुबालाई दिन्छन् । ‘गाउँमा हरेक घरका ढोकामा पुगेर सामान बेच्न बुबाले पैतला खियाएर दुख गरेकैले आज रेजा मार्ट खोल्न प्रेरणा दियो’, रेमले भने ।

सामान बेचेर फाइदा लिने भन्दा पनि बुबाले गाउँमा घरघरमा अत्यावश्यक सामान पु¥याएर सेवा गरेको बताउँछन् । घरमै सामान ल्याइदिने मान्छे पाएपछि गाउँले पनि खुशी भए, शंकरले लगेको सामान गाउँलेले खुशी भएर किन्थे । अहिले पनि बुबाले यो काम जारी राखेको रेम बताउँछन् । ‘बुबाले घरघरमै सामान पु¥याउने काम गरिराख्नुभएको छ’, उनले भने, ‘अहिले पनि बजारबाट गाउँ जाँदा बुबाले झोलाभरी गाउँलेलाई बेच्ने सामान राख्नुहुन्छ ।’

पोखरामा रेमले संचालनमा ल्याएको रेजा मार्टले पनि आफ्ना ग्राहकलाई पोखराभरी घरमै डेलिभरी सुविधा दिएका छन् । उनले सामाजिक संजाल र वेबसाइट मार्फत सामान अर्डर गर्न सक्ने बताए । ‘बुबाले शुरु गर्नुभएके व्यापारको विस्तारित रुप रेजा मार्ट हो’, रेमले भने, ‘बुवाको पदचाप पछ्याउँदै उही व्यापारलाई नयाँ स्वरुपमा संचालन गर्न पाउँदा खुशी लागेको छ ।’

उनले खोलेको रेजामार्टमा गल्ला किराना (ग्रोसरी आइटम)सँगै फूड एण्ड स्न्याक्स, कस्मेटिक्स, हाउसहोल्ड एण्ड क्लिनिङ, मासुजन्य पदार्थ, डेरी एण्ड बेकरी, लिक्वयर एण्ड टोबाको र फलफूल तरकारीको सेक्सन छन् । एकै छानामुनि घरमा आवश्यक सबै सामाग्री विक्रीका लागि राखिएको रेमले बताए ।

‘बुबाले अपनाएकै व्यापार नीति हामीले अपनाएका छौं’, उनले भने, ‘नाफा कमाउने भन्दा पनि ग्राहकलाई सेवा र सन्तुष्टी दिनेमा हाम्रो ध्यान हुनेछ ।’ उनका अनुसार रेजा मार्ट संचालनमा झण्डै १ करोड रुपैया लगानी भएको छ । उक्त रेजामार्टको उद्घाटन बिहिबार चर्चित गायक एवं नायक प्रकाश सपुतले उद्घाटन गरे ।

उद्घाटनमा बोल्दै रमेले बुबाले भनेका कुरा संझिए । ‘व्यापारमा धेरै नाफा हेर्नुहुँदैन भनेर मलाई बुवाले सिकाउनुभएको छ’, उनले भने, ‘बरु कम नाफा राख्नु, धेरै सामान बेच्नु भन्ने बुवाको आशिर्षवादलाई शिरोपर्य गर्छु ।’ व्यवसायलाई समयसँगै अपडेट गर्ने उनले प्रतिवद्धता जनाए । ग्राहकलाई सजिलो होस् भनेर वेबसाइट र सामाजिक संजालमै विक्रीका लागि राखिएका सामाग्रीको मुल्य पनि राखिने उनले बताए ।

उनले पोखराका अन्य क्षेत्रमा पनि रेजामार्टको आउटलेट विस्तार गर्ने बताएका छन् । ‘आगामी ५ बर्षभित्र गण्डकीका अन्य शहरमा पनि हामी रेजा मार्टको विस्तार गर्नेछौं’, उनले भने ।

रेजामार्टको उद्घाटन गर्दै गायक प्रकाश सपुतले स्वरोजगार बन्न नयाँ व्यवसाय थालेको भन्दै रेमलाई शुभकामना दिए । आफ्ना गीतहरुको प्रशंसा र समिक्षा समेत रेमले गरेको भन्दै उनले त्यसका लागि धन्यवाद थिए । पञ्चेबाजा सहित आयोजना गरिएको रेजामार्टको उद्घाटनमा सपुतले आफ्ना गीत समेत गाएका थिए ।

रेजा मार्टको उद्घाटन समारोहमा शुभकामना दिँदै चलचित्र पत्रकार संघ, पोखराका अध्यक्ष अरुण गिरीले पूर्व अध्यक्ष रेम पत्रकारितामा सफल भएको बताए । उनले रेमको व्यवसायिक यात्राको सफलताको शुभकामना दिँदै लेखनयात्रा पनि नछाड्न आग्रह गरे ।

फोटो : सचिन मल्ल / जक्सन डट कम

भिडियो : आशिक थापा / जक्सन डट कम

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close