Biz पोखराHeadlines with imageजक्सन फिचरपोखरा

बिर्‍यानी बोकेर बाटै बाटो बाँड्दै हिंड्छन यी युवा व्यवसायी

जसले दैनिक खुवाइरहेछन् लकडाउनले समस्यामा परेकालाई निःशुल्क बिर्‍यानी

अरुण गिरी / जक्सन डट कम

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनको अवधि बढ्दै जाँदा देशभरका मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुर तथा विपन्न वर्गलाई दैनिक छाक टार्नै मुस्किल परिरहेको छ।

सरकारले उनीहरुलाई भनेर वितरण गरेको राहत प्रभावकारी देखिएको छैन । उल्टो विवादमा फसिरहेको समाचार दैनिक पढ्न पाइन्छ।

त्यस्तै कोरोना महामारीका बीच व्यापारीले भएका सामानसमेत लुकाएर कालोबजारी गरेको समाचार पनि सुन्न पाइन्छ।

तर केही यस्ता मनकारीहरु पनि छन् जसले निःस्वार्थ रुपमा समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका छन् ।

यस्तै मनकारी मनहरु मध्येको एउटा नाम हो हरिशरण थपलिया । पोखराका युवा व्यवसायी थपलियाले लकडाउनका कारण समस्यामा परेका र भोकै बस्न बाध्य भएकाहरुलाई निःशुल्क रुपमा बिर्‍यानी खुलाईरहेका छन् ।

पोखराको नयाँ गाउँ स्थित याक तिब्बतीयन रेस्टुरेन्टका संचालक थपलिया र उनको टिम हरेक दिन बिहान ८ बजे देखि रेस्टुरेन्टमा बिर्‍यानी बनाउन सुरु गर्छन ।

उनले उपलब्ध गराएको ९८०११४९८०८ र ९८५६०४९८०८ यी दुई नम्बरमा बिहानै देखी फोन आउँछ जसका आधारमा उनी र उनको टिम मिलेर बिर्‍यानी पकाउन र प्याकिङ्ग गर्न थाल्छन ।

‘पहिलो दिन त म सडक छेउ बस्ने अनि समस्यामा परेकाहरुलाई आफैँ खोज्न हिँडेको थिएँ, दोस्रो दिनदेखि धेरैलाई थाहा हुन थालेछ, अनि ठाउँठाउँमा मान्छेहरु लाई पनि भनेका छौं जसको आधारमा हामीले अभियान चलाइरहेका छौँ,’ रेस्टुरेन्ट सञ्चालक थपलियाले भने, ‘प्रहरी चौकी, नाकालगायत सबै ठाउँमा सम्पर्क नम्बर र व्यक्ति राखेका छौँ । उहाँहरूले सम्पर्क गरेपछि खाना लिएर जान्छौँ ।’

आफुलाई यस्तो अभियान चलाउने हौसला भने पोखराको अर्का व्यवसायी दोर्जे लामाबाट मिलेको उनि बताउछन । जसले यसअधि पोखरामा अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना खुलाउदै आएका थिए।

उनका अनुसार जक्सन डट कममा दोर्जे लामाको भिडियो हेरेपछि आफुलाई पनि यस्तो अभियान चलाउन मन लागेको हो । ” मैले जक्सन डट कममा दोर्जे दाईको भिडियो हेरिसके पछी मैले पनि केहि गर्न सक्छु भन्ने आँट आयो, उनले भने ” सबैले आ-आफ्नो ठाउँबाट गर्न सक्ने सहयोग गर्नु पर्छ भन्ने हौसला त्यहीं भिडियोबाट मलाई मिलेको हो। ”

आफ्नो व्यक्तिगत पहलमा शुक्रबार देखि सुरु गरेको अभियानबाट मंगलबारसम्म उनले पोखरामा करिब छ सय जनालाई खाना बाँडी सकेका छन् । सुरुमा एक हजार जनालाई बाँड्ने योजना भएपनि अब ४ हजार जना सम्मलाई बाड्ने हौसला मिलेको उनि बताउँछन् ।

बाकीँ भिडियोमा हेर्नुस :

सम्बन्धित खबर

Close