Headlines with imageInside पोखराजक्सन फिचरपोखरा

लकडाउनको मारमा फेवातालका डुंगा चालक, छाक टार्नै मुस्किल

सँगठनले ढुङ्गा चालकलाई बाँड्यो ‘लकडाउन राहत’

श्रीमानको निधन पछि पोखरा झरेकी रामेछाप हिमागंगाकी अमिका विकलाई लकडाउनले समस्यामा पारेको छ। डुङ्गा चढ्दा लगाउने ‘लाइफ ज्याकेट’ धुने काम ठप्प भएपछी उनको आम्दानी रोकियो अनि उनको मनमा चिन्ता पर्न थाल्यो ।

गाउँमा खेती– किसानी गरेर २ छोरा र ४ छोरी हुर्काउन कठिन भएपछि बालबच्चा हुर्काउन अमिका गतबर्ष पोखरा आएकी थिइन् ।

पोखरा झरेपछि शुरुमा ज्यामी काम गरेकी अमिकाले अहिले फेवातालको बाराहीघाटमा डुङ्गा चढ्दा लगाउने ‘लाइफ ज्याकेट’ धुने काम गर्छिन्। डुङ्गामा फेवाताल घुम्न आउनेले उनले नै धोएको ‘लाइफ ज्याकेट’ लगाउँछन् ।

लकडाउनले फेवातालमा पनि असर पर्यो । डुङ्गा बन्द भए । अहिले तालमा डुङ्गा मात्र छन् मान्छे छैनन् । मान्छे नहुँदा अमिकाले काम पाइनन् । आम्दानी रोकियो। एक दिनमा २५ देखि ५० वटा लाइफ ज्याकेट धुँदा उनले महिनाको ८ हजार कमाउँथिन् । कोरोना भाइरसका कारण उनको आम्दानी पनि रोकिएको छ।

फेवातालमा डुङ्गा चलाएर पेट पाल्नेहरुको समस्या अहिले अमिकाको जस्तै छ । तालमा झण्डै २०० जना डुङ्गा चालक छन् उनीहरु पनि अहिले बेकामे भएका छन् ।

फेवातालमा १ घण्टा डुङ्गा चढ्दा पर्यटकले ७ सय रुपैयाँ तिर्नुपर्छ । जसबाट चालकले जम्मा १२० रुपैयाँ पाउँछन् । दिनभर काम पायो भने ५, ६ सय रुपैयाँ आँम्दानी हुने डुङ्गा चालक लक्ष्मी नेपालीले बताइन् ।

डुङ्गा व्यवसायी समितिका अनुसार फेवातालमा दैनिक ७ सय डुङ्गा चल्छन् । सिजन नभएको बेलामा त कहिले काँही दिनभर एक पटक पनि डुङ्गा चलाउने पालो नआउने लक्ष्मीको भनाई छ ।

पर्यटक आउने र डुङ्गा चढ्ने ‘पिक सिजन’मै डुङ्गा चलाउन नपाउँदा डुङ्गा चालक राजा लामालाई पोखरामा पालिनै धौधौ बनेको छ ।

डुङ्गा चलाउन नपाउँदा साह्रै गाह्रो भइसक्यो, राजाले भने, दिनभरी डुङ्गा चलाएर साँझ– बिहान छाक टार्न पाइएन ।’

लकडाउनका बेला डुङ्गा मर्मत गरिराखेका डुङ्गा चालक सन्तबहादुर भुजेलले लकडाउन कति लम्बिने थाहा नभएको बताए । राहत भन्दा पनि कोरोना भाइरस नेपालमा नफैलियोस भन्ने भुजेलको कामना छ ।

सरकारले दिने भन्ने राहत पाउनेमा भने उनके विश्वास छैन । कहाँ गएर राहत माग्ने उनले भने ‘हामीलाई त कसले दिन्छ र।’

डुङ्गाको पालो लगाउनेदेखि भाडा तोक्ने, डुङ्गा चालकको पारिश्रमिक तोक्ने लगायतका काम फेवा डुङ्गा व्यवसायी संगठनले गर्छ । संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले फेवातालमा डुङ्गा चलाउन व्यवस्थित होस् भनेर संगठनले काम गरेको बताए ।

सँगठनले बनाएको कोषबाट डुङ्गा चालकलाइ बिहिबार राहत दिएकको छ। सँगठनले संगठनमा आवद्ध ढुङ्गा चालकलाई ८ सय रुपैयाँ बराबरको ‘लकडाउन राहत’ प्रदान गरेको छ । राहत स्वरुप ५ किलो चामल, १ किलो दाल, १ पोका नुन र १ लिटर तेल दिएको नेपालीले बताए । बिहिबार झण्डै १७० जना चालकलाई राहत बाँडेको र बाँकीलाई शुक्रबार दिइने उनको भनाई छ ।

फोटो/भिडियो/न्युज :अरुण गिरी

फोटो हेर्नुस :

भिडियो हेर्नुस :

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close