Headline Title onlyन्युज पोखरापोखरामनोरन्जनमनोरन्जन समाचार

भारतबाट आएका अलपत्र १६ जनालाई चलचित्र पत्रकार संघ कास्कीले खुलायो निशुल्क खाना

भारतबाट नेपाल आएका बाग्लुङका अलपत्र १६ जनालाई चलचित्र पत्रकार संघ कास्कीले निशुल्क खाना खुवाएको छ ।

दुई दिनदेखि भोकै रहेका उनिहरुलाई पोखरा नेपाल युके फाउन्डेशनको सहयोगमा खाना, जुस, पानी, चाउचाउ उपलब्ध गराइएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराए ।

चलचित्र पत्रकार संघ कास्कीका पुर्व सचिव सुशन घिमिरेले भारतबाट १६ नेपाली बाग्लुङ जान लागेको र उनिहरु दुई दिनदेखि भोकै रहेको जानकारी दिएसङ्गै शनिबार चलचित्र पत्रकार संघले सिम्पानी पुगी खाना दिएको हो ।

“४ दिन लगाएर हामी भारतको हरिद्वारबाट नेपाल प्रवेश गरेउ । बाटोमा पैसा तिरेर खान समेत पाइएन । यस्तो सहयोग त कुरै छाडौ । दुईदिनको भोको पेटलाई पोखरा आएर भर्न पाउँदा निकै राहत मिलेको छ । चलचित्र पत्रकार संघ कास्कीलाई धन्यवाद ।”, भारतबाट आएका एक नेपालीले भने ।

अध्यक्ष गिरीले उनिहरुलाई बागलुङ पुगेर क्वारेन्टाइनमा बस्न र सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्न सुझाए ।

उनले महामारीका बेला आपतमा परेका विपन्नलाई संघले घरमै पुगेर राहत उपलब्ध गराउने बताए ।” हामी मनोरञ्जनका कार्यक्रम मात्रै गर्दैनौ सामाजिक सेवा समेत हाम्रो दायित्व भित्र पर्छ”, उनले भने ।

चलचित्र पत्रकार संघ कास्कीले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको थियो ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close