Headline Title onlyन्युज पोखरापोखराराजनीतिहाम्रो देश

गण्डकीका मुख्यमन्त्री गुरूङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजिनमा दिएका छन् । उनले प्रदेश प्रमुख सीता कुमारी पाैडेलसमक्ष आइतबार अपरान्ह ३ बजे मुख्यमन्त्री पदबाट राजिनामा बुझाएका हुन् ।

मुख्यमन्त्री गुरुङले राजिनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन् ।

प्रदेश सभाको विशेष अधिवेसनमा भाेलि सोमबार मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसुची रहेको थियो । यस अगावै गुरुङले राजीनामा दिएका छन् । उनी विरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासकाे प्रस्ताव दर्ता  गरेका छन् ।

उक्त प्रस्तावमा छलफलपछि मतदान गर्ने कार्यसूची भएकै दिन वैशाख १५ गते सभामुख नेत्रनाथ अधिकारीले संसद अधिवेसन स्थगित गरेका थिए।

उक्त दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उक्त दलका सचेतक पियारी थापाले आफ्ना सांसद हराएकाले संसद बैठक स्थगन गरेर शाहीको जीवन रक्षा गर्न र सार्वजनिक गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी थिइन्।

सोही निवेदनका आधारमा सभामुख अधिकारीले सदन स्थगन गरेका थिए।

कार्यसूची अनुसार संसद नचलाएको भन्दै सत्तारुढ एमाले सांसदहरू आक्रोशित थिए।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावसँगै विपक्षी दलको आग्रहमा बोलाइएको संसदको विशेष अधिवेसनमा सोमबार मतदान गर्ने गरी दलहरुबीच सहमति भएको थियो।

तर मुख्यमन्त्री गुरुङले आइतबार अचानक राजीनामा दिएपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close