Headline Title onlyन्युज पोखरापोखरा

रहेनन् पत्रकार जगन्नाथ पौडेल ‘गणेश’

पोखरामा कार्यरत पत्रकार जगन्नाथ पौडेल ‘गणेश’ को निधन भएको छ ।

कोरोना संक्रमण भएपछि बिगत ११ दिन देखि गण्डकी मेडिकल कलेजमा उपचाररत पौडेलको आज बिहिबार विहान ५ बजे निधन भएको हो ।

गण्डकी टेलिभिजन पोखराको प्रबन्ध निर्देशकको रुपमा कार्यरत ४१ वर्षीय पौडेललाई गत वैशाख २० गते कोरोना संक्रमण भएको थियो ।

पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ बाघमारा निवासी स्वर्गीय पौडेलका आमा, श्रीमती र २ छोरा छन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close