Headlines with imageन्युज पोखरापोखरासमाचारहाम्रो देश

पोखरामा एक कोरोना संक्रमितको मृत्यु

पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृतक स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुष भएको पुष्टि गरेको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो ।

संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरामी थिए ।

स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो ।

गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु भएकाे याे पहिलाे घटना हाे ।

सम्बन्धित खबर

Close