Headline Title onlyन्युज पोखरापोखरासमाचारहाम्रो देश

पोखराका पहिलो कोरोना संक्रमितको सम्पर्कमा आएका ३९ जना कै रिपोट नेगेटिभ

पोखराबाट काठमाडौं उपचारका लागि लगेपछि कोरोना संक्रमण देखिएका पोखराका पहिलो कोरोना संक्रमित ६० वर्षे पुरुषको सम्पर्कमा आएका ३९ जना कै रिर्पोट नेगेटिभ आएको पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालाले जानकारी दिएको छ ।

त्यस्तै उनको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ ।

जेठ २० गते पोखराको आलुमाइला चोक नजिकैको डेरामा बेहोस अवस्थामा भेटिएपछि पुरुषलाई मेट्रो सिटि अस्पताल र गण्डकी मेडिकल कलेजमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पु¥याइएको थियो ।

शरीरमा सोडियमको मात्रा अत्यन्तै कम भएपछि उनका सुभेच्छुकहरुको सक्रियतामा काठमाडौं पु¥याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

गत शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरामा ती पुरुषको प्रत्यक्ष सम्पर्कमा आएका मानिसहरु पहिचान गरी आइतबार ३९ जनाको स्वाब संकलन गरि परीक्षण गरिएकोमा सबै जनाको नजिजा नेगेटिभ आएको हो ।

ती पुरुषसँग सिधा सम्पर्कमा आएका ३९ जना र उनीहरु सगँ सम्पर्कमा आएकाहरु सबै सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close