Headline Title onlyन्युज पोखरापोखरा

वीरगञ्जबाट ट्रक चढेर पोखरा आएका मानिसलाई फिर्ता पठाइयो

ट्रक चढेर वीरगञ्जबाट पोखरा आईपुगेका एकजनालाई आइतबार वीरगञ्ज नै फिर्ता पठाइएको छ ।

पोखरा महानगरपालिका–५ पस्र्याङमा मजदुरी गर्ने बताउने उनी पोखरामा कोरोना प्रभावित क्षेत्रबाट प्रवेश गरेको भन्दै महानगरले वीरगञ्जनै फर्काएको हो ।

चेकजाँचका क्रममा सहचालक बताउदै आटा–मैदा बोक्ने गाडीमा चढेर पोखरा आईपुगे भनि बताएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

‘बिना अनुमति पोखरा प्रवेश गर्नेलाई यहाँबाट फिर्ता पठाएका हौं । उनलाई यहाँ राखेको भए फेरि अर्को नजीर बस्थ्यो,’ उनले भने । नेपालीले स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासनको रोहबरमा ती व्यक्तिलाई वीरगञ्ज फिर्ता पठाइएको जानकारी दिए ।

कोरोना संक्रमण नभेटिएको पोखरामा केही समयअघि कास्की प्रशासनले विज्ञप्ति नै निकालेर लकडाउन खुकुलो भएको जनाएको थियो । निश्चित मापदण्ड तोकेर सवारी आउजाउका लागि पाससमेत आवश्यक नपर्ने बनाएको थियो ।

तर, पछिल्लो समय गृहमन्त्रालयले नै सबै जिल्लाका सवारी पास रद्ध गरी लकडाउन कडाइ गरेकाले पोखरामा पुनः लकडाउनमा कडाइ भएको छ । पोखरा प्रवेश गर्ने विभिन्न नाकामा कडाइका साथ चेकजाँच गर्न थालिएको छ ।

सम्बन्धित खबर

Close