न्युज पोखरापोखरा

परियार समाज आर्वाको सामुदायिक भवन निर्माण सम्पन्न

पोखरा, १० असार ।

पोखरा महानगरपालिकाको सहयोगमा पोखरा १३ आर्वामा परियार समाजको सामुदायिक भवन निर्माण भएको छ । परियार समुदायको विभिन्न साँस्कृतिक तथा सामाजिक क्रियाकलाप गर्न सहयोग पुगोस् भन्ने हेतुले समाज घर निर्माण गरिएको हो ।

परियार सेवा समाज आर्वाले संचालन गर्ने गरि समाज घर निर्माण गरिएको समाजका अध्यक्ष कृष्णबहादुर परियारले जानकारी दिए । ‘भवन निर्माण सम्पन्न हुन करिब ४ बर्ष लाग्यो ।’ अध्यक्ष परियारले भने–‘धेरैजनाको साथ र सहयोगपछि मात्र हामीले भवन सम्पन्न गर्न सक्यौँ । भवनले सभ्य समाज निर्माण गर्न टेवा पुर्याउनेमा हामी विश्वस्थ छौं। ’

महानगरले यो आर्थिक वर्षमा भवन निर्माणकै लागि १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यो बाहेक समाजले करिब पौने दुई लाख भन्दा बढी बराबरको जनश्रमदान पनि गरेको थियो ।

तत्कालिन समयमा यो भवनको शिलन्यास हाल गण्डकीका मूख्य मन्त्री रहेका पृथ्वीसुब्बा गुरुङले गरेका थिए । भवन निर्माणका लागि नेकपाका नेता चुँडामनी जंगलीसँगै पोखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले पनि आर्थिक व्यवस्थापनमा साथ दिएको समाजका सल्लाहकार समिर परियारले बताए ।

सम्बन्धित खबर

Close