Headlines with imageन्युज पोखरापोखरासमाजहाम्रो देश

पोखरामा पत्रकार र सुरक्षाकर्मीसहित थप ११ जनामा देखियो कोरोना संक्रमण

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा मंगलबार मात्रै थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ११ जना पोखरा महानगरपालिका भित्रका रहेका छन ।

११ जना मध्ये पनि १ पत्रकार, २ सुरक्षाकर्मी, १ जना दुबईबाट फर्किएका व्यक्ति लगाएत रहेका छन ।

पोखरा पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।

स्थानीय रेडियाे र पत्रिकामा रिपाेर्टिङ गर्ने युवा पत्रकारमा संक्रमणकाे कुनै लक्षण नभएकाे तर कन्ट्रयाक ट्रेसिङका आधारमा परिक्षण गर्दा पाेजिटिभ देखिएकाे पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन ।

त्यस्तै तनहुँको भानु नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ८ पुगेको छ । १ हजार ६ सय ३९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close