Headline Title onlyन्युज पोखरापोखरा

कास्कीमा वैशाख २१ देखि लकडाउन

कास्की जिल्लामा वैशाख २१ गते मंगलबारदेखि वैशाख ३१ गते शुक्रबार सम्म पूर्ण लकडाउन हुने भएको छ। तिब्र रुपमा फैलिएको कोभिड नियन्त्रणको लागि भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले पर्सि मंगलबार बिहान ५ बजे देखि लागू हुनेगरी एघार दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउनमा तरकारी तथा फलफूल, खाद्यान्न, औषधिलगायतका पसल खुले पनि अन्य बजार पसल बन्द हुनेछन्। यस्तै, सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने जिल्ला प्रशासन कार्यालय, कास्कीले जारी गरेको लकडाउन सम्बन्धी आदेशमा उल्लेख छ।

अत्यावश्यक सेवाका सवारी साधन एम्बुलेन्स, स्वास्थ्यकर्मी, सञ्चारलगायत सवारी भने चल्न पाउने छन् ।

यसअघि कास्कीमा वैशाख १३ गते जारी गरेको निषेधाज्ञामा जोर विजोर प्रणालीमा सार्वजनिक तथा निजी सवारी चल्न पाउने व्यवस्था रहेको थियो । मंगलबारदेखि भने अत्यावश्यक बाहेक सबै सवारी चल्न पाउने छैनन् ।

सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटटपाथ पसल सेवा तथा स्थानहरु बन्द हुनेछन् । विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ र १५ भन्दा बढी सहभागी हुन पाइने छेन ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २०४३ पुगेको छ। जसमा १५६ जना अस्पतालमा उपचाररत छन् भने १ हजार ८८७ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशमा हालसम्म २३२ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। जसमध्ये २४ घण्टा यता मात्रै ८ जना संक्रमितको मृत्यु भएको छ।

सम्बन्धित खबर

Close